जस्तो सुकै परिस्थितिको सामनाकाे लागि तयार रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

डिसी नेपाल
१२ साउन २०७७ २१:११

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जस्तो सुकै चुनौतीको सामना गर्नका लागि तयार रहन मातहत निकायलाई निर्देशन दिएका छन्। हालै सरुवा भएका गणपति एवं तालिम शिक्षालयका समादेशकहरुलाई निर्देशन दिने क्रममा उनले अहिले अवस्था निकै संवेदनशील रहेको र सीमा सुरक्षामा खटिदा समस्या उत्पन्न हुनसक्ने भएकाले चुनौतिको सामाना गर्न निर्दैशन दिएका हुन्।

कोभिड १९ का कारण उपत्यकामा उपलब्ध कमाण्डरहरुलाई प्रधान कार्यालयमा तथा अन्यलाई प्रदेश स्थित बाहिनीहरुमै सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत निर्देशन दिएका थिए।

महानिरीक्षक खनालले राज्यले सशस्त्र प्रहरी माथि गरेको भरोषा र जनताले गरेको आशालाई तराईदेखी हिमालसम्म निरन्तर खटिएर उत्कृष्ट ढंगले पुरा गर्नुपर्ने बताए। बाहिनीपतिहरु समेतलाई उपस्थित गराएर दिएको निर्देशनमा उनले व्यावसायिक चरित्र र उच्च अनुशासन¸ प्रदर्शन गर्न निर्देशन दिए।

प्रत्येक तहका कमाण्डरलाई दिइएको जिम्मेवारीको निरन्तर अनुगमन तथा मूल्याङ्कन गरिने र काम सन्तोषजनक नभएमा विगतमा जस्तै कमाण्डबाट अलग गराउने कार्यलाई थप प्रभावकारी वनाइने वताउदै महानीरिक्षक खनालले सामुहिक भावना¸ सहयोग¸ सहकार्य र समन्वयमा कार्य गर्न समेत निर्देशन दिएका छन्।

अन्य सुरक्षा निकाय तथा स्थानिय प्रशासनसँगको सहकार्यमा राज्य र संगठनले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिएका छन् । ‘आफू मातहतका कर्मचारी प्रति अभिभावकत्व लिँदै उनीहरुको कार्य प्रति हौसला र उत्प्रेरणा जगाउँदै जिम्मेवारी कुशलता पूर्वक पुरा गर्न र आफूसँग भएका श्रोत साधनको अधिकतम् प्रयोगबाट जस्तो सुकै परिस्थितिमा समेत त्रुटी रहित ढंगले उत्कृष्ट कार्य गर्ने गरि आफू र मातहत कर्मचारीलाई समेत तयार राख्नु’, उनले निर्देशन क्रममा भने ‘संगठन र संगठनले लिएको नीति प्रति आँच आउने खालका कार्य सह्य हुँदैन, चेन अफ कमाण्डलाई अक्षरस पालना गर्न र संगठनले लिएको भ्रष्टाचार¸ मानव अधिकार उल्लंघन र लैंगिक हिंसा बिरुद्धको शुन्य सहनशिलतालाई पूर्ण पालना गर्दै अनुशासित¸ जिम्मेवार र कर्तव्यनिष्ठ भएर फिल्डमा देखिने र महसुस हुने गरि कार्य गर्नु।’

मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले संगठनका गोप्य सूचना र डकुमेन्टहरुको दुरुपयोग गर्नेहरुको सुक्ष्म ढंगले निगरानी गरिरहेको र त्यस्ता कार्यमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गरिने बताएका थिए। यसैगरि राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्याकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण वावु थापाले आफ्नो जिम्मेवारी र दायित्वलाई स्तरिय ढंगले पछिसम्म स्मरणिय हुने गरि कार्य गर्नुपर्ने बताए। कार्यक्रममा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राम शरण पौडेलले प्राप्त जिम्मेवारीलाई पुरा गर्न सकारात्मक ढंगले आउन सक्ने विपद् लगायतका चुनौतीहरुको लागि तयार रहनु पर्ने वताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *