आज मंगलबार, कस्ताे छ आजकाे दिन, हेर्नुहाेस् राशिफल
आज विक्रम सम्बत २०७७ साल श्रावण १३ गते मंगलबार सन् २०२० जुलाई २८ तारिख । प्रमादी नाम संम्वत्सर । श्री सूर्य दक्षिणायन । वर्षा ऋतु । श्रावण शुक्ल पक्षकाे नवमी तिथि । स्वाति नक्षत्र । शुभ याेग । आज चन्द्रमा तुला राशिमा। काठमाडौंमा सूर्याेदय बिहान ५ :२४ सूर्यास्त बेलुकी ६:५५ बजे।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम बन्नेछन्। पढाइलेखाइमा राम्रै उन्नति हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। व्यवसायबाट प्रशस्त लाभ होला। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी काममा समय र धन खर्च हुनेछ। आम्दानीमा कमी त हुने छैन, तर बन्दव्यापारको दौडधूपले पारिवारिक जीवनमा निरसता आउने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पराक्रम बढेर जाला। प्रेम र मित्रताको बन्धन कसिएला। आम्दानी बढ्नेछ। सप्ताहान्तमा स्वास्थ्य भने कमजोर बन्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । मनपर्ने खानपान, वस्त्र, अलंकार आदिबाट आनन्द मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दीर्घकालिन फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ। बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ। पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ। छरछिमेकी, कुटुम्ब वा नातागोताको काममा संलग्न हुनुपर्ने छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्म, समाजसेवा, परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम हुनेछन्। आम्दानी पनि प्रशस्तै बढ्नेछ। नयाँ कामको लागि नयाँ अवसर आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मकर्म, समाजसेवा, परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम हुनेछन्। आम्दानी पनि प्रशस्तै बढ्नेछ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यावसायिक यात्रा गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। सहयोगीहरूले साथ दिनेछन् र रोकिएका काम समेत बन्न थाल्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला। नोकरी गर्नेले मानसम्मान पाउने छन्। प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ।
ज्याेतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल, ९८५१०६११२४ ईमेल rijal.suresh123@gmail.com
Facebook Comment