कोरोना संक्रमण : बेलायतमा संक्रमितको संख्या तीन लाख नाघ्यो, विश्वभर १ करोड ६५ लाख संक्रमित
काठमाडौं। कोरोना भाइरसबाट विश्वभर १ करोड ६५ लाख ३६ हजार ५१२ जना संक्रमित भएका छन्। ती मध्ये १ करोड १ लाख २७ हजार ७३१ जना उपचारपछि निको भएका छन् भने हालसम्म ६ लाख ५४ हजार ८७ जनाको मृत्यु पनि भएको छ।
स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांक भन्दा ६० प्रतिशत बढी रहेको वल्र्ड मिटरले जनाएको छ। एक रिपोर्टका अनुसार मृत्यु हुनेको संख्या २८ हजार ४ सय ३२ पुगेको छ।
यो तथ्यांकमा ती मानिसलाई पनि समावेश गरिएको छ, जसलाई संक्रमण पुष्टि भएको थियो। यसमा विना टेस्ट मृत्यु भएका मानिसको तथ्यांकलाई पनि समावेश गरिएको छ। उक्त तथ्यांकका अनुसार यदि संक्रमित र संदिग्धको तथ्यांक मिलाउँदा मृत्यु हुनेको संख्या ४४ हजार ८ सय ६८ हुन्छ। यदि यो तथ्यांक सही सावित भयो भने युरोपमा बेलायतपछि कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देश स्पेन हुनेछ।
उता बेलायतमा कोरोना संक्रमितको संख्या तीन लाख भन्दा धेरै पुगेको छ। संक्रमितको संख्या तीन लाख भन्दा धेरै पुग्ने बेलायत दशौं मुलुक हो। बेलायतमा अहिलेसम्म ४५ हजार ७ सय ५९ जनाको मृत्यु भइसकेको छ। कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ।
अमेरिकामा हालसम्म १ लाख ५० हजार ५३ जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा रहेको ब्राजीलमा हालसम्म ८७ हजार १ सय ३१ जनाको मृत्यु भएको छ। यसैगरी तेस्रो नम्बरमा रहेको बेलायतमा हालसम्म ४५ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ।
Facebook Comment