कोरोनाभाइरसको सबैभन्दा ठूलो परीक्षण सुरु, अमेरिकाले चाल्यो निर्णायक कदम
काठमाडौं। कोरोना भ्याक्स्निको विकासका क्रममा अमेरिकामा सबैभन्दा ठूलो ट्रायल सुरु भएको छ । अमेरिकामा एकैपटक ३० हजार जनामा भ्याक्सिनको परीक्षण हुँदैछ । सबै स्वयंसेवकहरुलाई मोडर्ना इंकले बनाएको भ्याक्सिन दिइएको हो । यो भ्याक्सिन ती सीमित भ्याक्सिनहरुमध्येको एक हो जो ट्रायलको अन्तिम चरणमा छन् । यद्यपि यो भ्याक्सिन मानिसलाई संक्रमणबाच बचाउन सक्छ कि सक्दैन भन्ने पुष्टि भइसकेको छैन ।
सीएनएनको रिपोर्टअनुसार यो ट्रायलमा स्वयंसेवकहरुलाई उनीहरुलाई वास्तविक भ्याक्सिन दिइएको हो वा डमी भ्याक्सिन भन्ने जानकारी दिइएको छैन । दुई डोज दिएपछि उनीहरुको स्वास्थ्यको निगरानी गरिनेछ । यसमा दैनिक जीवनमा फर्किएपछि कुन समूहले धेरै संक्रमण महसुस गर्छन् भन्ने हेरिनेछ । खास गरी ती क्षेत्रमा यो निरीक्षण गहन रुपमा गरिनेछ जहाँ अहिले पनि संक्रमण फैलिने दर तीब्र छ । मोडर्नाका अनुसार देशभर फैलिएका ७ दर्जन परीक्षण स्थलमा भ्याक्सिन दिइएको हो । सबैभन्दा पहिले जर्जियाको सभानामा भ्याक्सिन दिइएको थियो ।
Facebook Comment