एसी र कूलरले कसरी कोरोनाको खतरा बडाउँछन्, अनुसन्धानको नतिजा यस्तो
काठमाडौं। भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले जनतालाई एसी र कुलरबाट बच्न सल्लाह दिएका छन् । मन्त्रीले एक उदाहरण दिदै आफू उपचाररत अस्पतालमा एसी र कूलरको प्रयोग नगरिएको बताए । कोरोना भाइरस र एसी कूलरको के सम्बन्ध छ? यसलाई बुझन जरुरी छ । भारतको केन्द्र सरकारले गाइडलाइन जारी गर्दै यसको प्रयोग कम गर्न सल्लाह दिएको छ ।
एसी र कूलरको प्रयोगमा प्रश्न
कोरोना भाइरसको माहामारीको सुरुवाती समयमा चीनमा एक अनुसन्धान गरिएको थियो । यो रिसर्च एक महिना ढिला भएको थियो । त्यसैको आधारमा ग्वागुको रेस्टुरेण्टमा एक महिला एसीको ठिक पछाडी बसिरहेकी थिइन् । उनलाई कोरोना भाइरसको लक्षण देखिएको थियो । ती संक्रमित महिलासँगै एउटै टेबलमा रहेका चार व्यक्ति र अन्य पाँच जना व्यक्तिमा संक्रमण भएको थियो । यो केससंगै एसीको र कोरोना भाइरसको केस जुधेको बताइएको छ ।
त्यस्तै अमेरिकाको मेरिन्याण्ड यूनिवर्सिटीका रिसर्चर डोनाल्ड मिल्टरका अनुसार कोरोना भाइसको कण सजिलै हावामा रहन सक्ने साबित भएको बताएका छन् । ‘हावाको रफतार धेरै भएको खण्डमा कोरोना भाइरसको कण नाकमा सजिलै पुग्न सक्छ’,उनले भने।
प्रो.डोनाल्ड मिल्टनका अनुसार १९१८ मा फ्लू माहामारीको समयमा बिरामीलाई यस्तो स्थानमा राखिएको थियो जहाँ ताजा हावा सजिलै पास हुन्थयो । बिरामीलाई खुल्ला टेन्टको मुनि राखेर उपचार गरिएको थियो । त्यसको चारैतर्फ बन्द वा भित्तो लगाएको थिएन । साथै विशेषज्ञले खुल्ला हावालाई डिसइन्फेक्टर बताएका थिए ।
बाहिरबाट आउने हावाले कसरी कोरोनाका कण रोक्छ ?
अमेरिकी शोधकर्ता किंगयान चेककम अनुसार घरमा कोरोना भाइरस संक्रमित बिरामी भएमा एसी नचलाउन र घरमा रहेका झ्याल खुल्ला राख्न भनेका छन् । ‘बन्द कोठामा संक्रमणको खतरामा कति छ? बन्द कोठामा संक्रमण बढी नै हुन्छ तर बाहिरबाट भित्र आउने हावाले भित्रको माहोलको दवाव घटाउछ’ उनले भने। यही कारण भित्रको माहोलको दवाव घटाउनका लागि झ्याल खुल्ला राख्न आवश्यक छ ।
घरमा भएको एसी र कोरोना बीच के सम्बन्ध छ ?
नयाँ दिल्लीस्थित लेडी हाडिंग मेडिकल कलेजका निर्देशक डा.मधुर यादवका अनुसार बन्द कोठामा रहेको एसीले हावालाई निरन्तर बाहिर भित्र फाल्ने काम गरिरहन्छ । यदि घरमा संक्रमित व्यक्ति छ र संक्रमित व्यक्तिलाई एसी भएको कोठामा राख्दा एसीबाट निस्केको हावा कोठाभित्र घुमिरहने भएको हुँदा संक्रमण खतरा बढ्ने बताउछन् । त्यसैले बाहिरी ताजा हावा कोठा भित्र आउन कै लागि धेरै जसो अस्पतालमा एसीको प्रयोग बन्द गरिएको छ ।
डा.मधुर यादव भन्छन् ‘यदि घरमा एसी चलिरहन्छ भने कोठामा बाहिरको ताजा हावा आउन जरुरी छ । एसी मात्र होइन कूलर र पंखा चलिरहँदा पनि बाहिरको ताजा हावा भित्र आउनु पर्ने डा.यादव को सुझाव छ । भारतमा केन्द्र सरकारले कोरोना भाइरस बढ्ने क्रमलाई मध्यनजर गर्दै एक गाइडलाईन जारी गरेको छ । जसमा एसी, कूलर प्रयोग गर्दा केही सावधानी अपनाउन सल्लाह दिइएको छ ।
१) एसी २४ देखि ३० डिग्री तापमानमा राख्ने, झ्याल सबै खुल्ला राख्नेः गाइडलाइनको अनुसार एसी प्रयोग गर्दा कोठाको तापमान २४ देखि ३० डिग्री सेल्सियसमा हुनुपर्दछ । एसी प्रयोग गर्दा झ्याल थोरै मात्रमा खुल्ला राख्नु पर्दछ । जस्ले गर्दा बाहिरको हावा सजिलै कोठामा आउन सक्छ ।
२) कूलर झ्याल वा बाहिरतर्फ राख्नेः कूलरमा हावा बाहिरबाट आउन निकै जरुरी छ । त्यसैले कूलरलाई झ्याल वा बाहिर तर्फ राख्नु पर्छ । गाइडलाइको अनुसार यसमा एयर फिल्टर लगाउन भनिएको छ । जस्ले गर्दा यसमा रहेको धुलो भित्र आउन पाउदैन ।
Facebook Comment