आज श्रावण १५ गते, स्वर्गद्वारी महाप्रभुको जन्म दिन, हेर्नुहोस् तपाईँको आजको राशिफल
आज मिति २०७७ साल श्रावण १५ गते बिहिवार । सन् २०२० जुलाई ३० तारिख । प्रमादी नाम संम्बत्सर। सूर्य दक्षिणायन । वर्षा ऋतु । श्रावण शुक्ल पक्षकाे एकादशी तिथि । अनुराधा नक्षत्र ।चन्द्रमा वृश्चिक राशिमा । काठमाडौंमा सूर्याेदय बिहान ५ :२६ सूर्यास्त साझ ६:५४ बजे ।
आज श्री स्वर्गद्वारी महाप्रभुकाे जन्मजयन्ति ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यकाे विशेष ख्याल गर्नु पर्ने देखिएकाे छ। धेरै भिडभाडमा नगई आफू र आफ्नाे परिवारलाई स्वस्थ्य राख्नु हाेस मानसिक तनाव बाट मुक्ति हुनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानी भने साेचे अनुसार नहुन सक्छ। जीवन साथी बाट सहयाेगकाे अपेक्षा रहने छ। कुनै भाेकाएकाे व्यक्तिलाई भाेजन गराएमा लक्ष्मीकाे आशिर्वाद प्राप्त हुने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पुरानाे कामकाे याेजना बनाउने समय रहेकाल कार्य गर्दा सफलता हुने देखिएकाे छ ।पुलिस तथा प्रशासनमा कामगर्नेहरुका लागि विशेष मेहनत गर्नु पर्ने देखिएकाे छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आफ्नाे भन्दा पनि अरुकाे काममा लाग्नु पर्ने देखिएकाे छ। कुनै पनि कुराकाे निर्णय लिनु परेमा स्त्री संग सल्लाह गरेकाे गरिएको कार्यबाट सफलता मिल्ने याेग रहेकाे छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) याेजना गरिका कामहरुबाट सफलता प्राप्त हुँदै जाने छ । नयाँ सम्बन्धकाे कुरा आउने सम्भावना रहेकाे छ । पिता गुरुकाे आशिर्वाद लिएर गरिएका कार्य सफल हुने छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अकस्मात् यात्राको सम्भावना रहेकाले सावधानी अपनाउदै यात्रा गर्नु पर्ने देखिएकाे छ। छालाको समस्या देखापर्न सक्ने भएकाले निला काला कलरकाे प्रयाेग नगर्नु भए नै राम्राे रहने छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य याेजना गर्दा आफ्नो मात्रै निर्णयमा अडिक रहनाले सफलता साेचेभन्दा चाडै नै हुने छ । गाेप्य सूचना हराउन तथा चाेरि हुन सक्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएकाे छ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) अनावश्यक साेच तथा तनाब लिने बानिका कारणबाट स्वस्थ्यमा समस्या देखापर्ने हुँदा सेताे तथा राताे कलर धेरै प्रयाेग गरेमा केही भएपनि राम्राे हुने छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) हिम्मत र पराक्रम बस गरिएका हरेक काम साेचेअनुसार नै सफलता हुने देखिएकाे छ । सामान्य रुपमा हड्डीकाे समस्या देखापर्ने हुँदा विशेष माछामासु नखानु भए नै राम्राे हुने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आफ़्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउलान्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
ज्याेतिष तथा वास्तुशास्त्री : सुरेश चन्द्र रिजाल, ९८५१०६११२४ ईमेल – rijal.suresh123@gmail.com
Facebook Comment