कांग्रेसमा विवाद चर्कियो

डिसी नेपाल
१५ साउन २०७७ ९:२१

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति तय भएर काम अगाडि बढिरहेका बेला धमाधम विभाग गठन तथा मनोनय गरेपछि असन्तुष्ट बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सभापति देउवालाई भेटेर असन्तुष्टि जनाउने तयारी गरेको छ।

बिहीबार (आज) वरिष्ठ नेता पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरुले सभापति देउवालाई भेटेर असन्तुष्टि जनाउने भएका हुन्। सभापति देउवालाई भेट्न वरिष्ठ नेता पौडेलको नेतृत्वमा नेताहरु पार्टी कार्यालय सानेपा पुगेका छन्।

‘आगामी महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने विषयमा छलफल गर्न हामी पार्टी कार्यालय सानेपा जाँदैछौं,’ कांग्रेस नेता डा. मिनेन्द्र रिजालले डिसी नेपालसँग भने।

बुधबार पार्टी मुख्यालय सानेपामा भएको पौडेल समूहले सभापति देउवालाई भेटेरै आफ्नो असन्तुष्टि सुनाउने निर्णय गरेको थियो। यसअघि पनि पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको निर्वाचन समितिमा लिखित उजुरी दिएका थिए।

तर, निर्वाचन समितिले सो उजुरीमाथि कारबाही शुरु गरेको छैन। सभापति देउवाले भने विभागीय सदस्यहरुको मनोनयन गरिरहेका छन्। काँग्रेसको महाधिवेशन आगामी फागुन ७ देखि सम्म काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ।

तर, सो मितिमा पनि महाधिवेशन नहुने हो की भन्ने आशंकमा पौडेल समूह छ। त्यतिमात्र होइन पार्टीको क्रियाशील सदस्यता वितरणदेखि नै सभापति देउवा पार्टी कब्जा गर्ने गरि अगाडि बढेको आरोप पौडेल समूहको छ।

पौडेल समूहले सानेपामा भेला गरेर सभापित देउवाले महिधवेशन प्रभावित पार्न मनोनय गरेको निश्कर्ष निकालिरहेका बेला सभापति देउवाले बुधबारै पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभा गठन गठन गरेका थिए। देउवाले सो सभामा ४६९ जना सदस्य मनोनय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवाले एकपछि अर्को गर्दै विभाग गठन गर्दै महाधिवेशन प्रभावित पार्ने खेल खेलेको भन्दै पौडेल पक्षधर असन्तुष्ट बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *