जिल्ला कै ठुलो वित्तिय कारोवार गर्ने सहकारीले शुरु गर्यो एम्वुलेन्स सेवा
मुगु। जिल्लामै ठूलो वित्तिय कारोबार गर्ने छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सेवा सुरु गरकोे छ। सहकारीले आफ्ना दुर दराजमा रहेका सदस्यहरुलाई सुविधा दिनका लागि हालैदेखि एम्वुलेन्स सेवा शुरु गरेको हो ।
सहकारीले जिल्ला भरी लघुवित्त कारोवारसमेत गरेकाले विकट बस्तिहरुमा महिला केन्द्रहरु रहेका छन, कोहि सदस्य विरामी भएमा तत्काल उद्धार गरि सदस्यहरुलाई समय मै उपचार गर्न सकियोस् भनेर सहकारीले एम्वुलेन्स सेवा शुरु गरेको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताए।
काठमाडौंको ठमेलमा रहेको नेचर निट प्रा.लि.का संचालक भरत अधिकारी सहितको टोली गत वर्ष मुगु घुम्न आएका बेला विरामी र सुत्केरी व्यथा लागेका महिलाहरुलाई स्थानियहरुले बोकेर स्वास्थ्य संस्थाहरु तिर लैजाँदै गएकोे कारुणिक दृष्य देखेपछि टोलीले मुगालीको सेवाका लागि एम्बुलेन्स निस्वार्थ सहयोग गर्ने निर्णय गरेका थिए।
संचालक अधिकारीले भने, ‘मुगुमा जनस्तरसम्म सम्वन्ध र सम्पर्क भएको संस्था खोज्दै जाँदा एक मात्र वित्तिय सस्था छायाँनाथ सहकारी पायौं। त्यसमा झन सहकारीले सदस्यहरुलाई वार्षिक रुपमा सरसफाईका सामागी्रहरु लगायत अन्य सेवा दिदै आएको पाएपछि आफुहरुले सहकारीलाई एम्वुलेन्स सहयोग गरेमा ग्रामिण स्तरसम्मका जनताले सेवा पाउने सुनिश्चितता र एम्वुलेन्स निरन्तर संचालन गर्न सक्ने आर्थिक हैसियत पनि सहकारीको देखेपछि छायाँनाथ सहकारीलाई एम्वुलेन्स सहयोग गरेको र भावी दिनमा विभिन्न विषयमा सहकार्य गदै अघि बढने समझदारी समेत गरेका छौ।’
सहकारी र अधिकारीको सहकार्यमा जिल्लामा एम्वुलेन्स सेवा शुरु भएपछि सहकारीले दुर दराजका दुर्गम क्षेत्रहरुमा एम्वुलेन्स सेवा दिएर विरामी तथा विपतमा परेका व्यक्ति परिवारहरुको उद्धार गर्ने कार्य गरिरहेको छ।
जिल्ला भरी रहेका आफना ८ हजार बढी सदस्यहरुलाई विभिन्न सेवा दिँदै आएको सहकारीले थप एम्वुलेन्स सेवा पनि दिन थालेपछि सदस्यहरु सहकारी प्रति झन आक्रशित र सहकारी सदस्यहरु कै लागी रहेछ भनेर बुझन थालेको सहकारीका उपाध्यक्ष कमल बहादुर बुढाले बताए।
जिल्लामा २ सय बढी विभिन्न विषयगत सहकारीहरु भएपनि प्राय सहकारीहरु सरकारी तथा निजी क्षेत्रबाट दिईने अनुदानमुखि रहेका छन, जो सदस्य सेवा भन्दा सदस्यबाट आर्थिक संकलन गरेर आफ्ना स्वार्थमा खर्च गर्ने योजनाका साथ संचालित छन । उनीहरु सहकारी ऐन, नियमावली विपरित कार्य गरिररहेका छन।
२०७१ सालमा स्थापना भएको छायाँनाथ सहकारीका जिल्ला भरी ९ हजार बढी सदस्य रहेका छन । जिल्लामा २ सय बढी सहकारी, ४ वित्तिय सस्था र ६ सरकारी तथा निजी बैकहरु रहे पनि सबै भन्दा बढी लगानी छायाँनाथ कै रहेको छ। सहकारीमा सदस्यहरुको बचत मात्र २१ करोड, लगानी २२ करोड र कुल कारोवार २३ करोड भन्दा बढी रहेको सहकारीले बताएको छ।
सहकारीले एम्वुलेन्स सेवामा सदस्यहरुलाई जिल्ला एम्वुलेन्स संचालक समितीले तोकेको भाडादरमा २५ प्रतिशत छुट दिदै आएको छ।
जिल्लामा भएका सहकारीहरु प्राय अनुदान मुखि र झोले सहकारी भएकाले जिल्ला बासीले अझै सहकारी बारे पूर्ण साक्षरता पाउन सकेका छैनन्। सहकारी, वित्तिय कारोवार, बचत, ऋण, लगानी, वित्तिय फाईदा, आदि बारे विगत ५ वर्ष यताबाट सदस्यहरुलाई आरएमडिसी नामक वित्तिय सस्थासंगको सहकार्य र सक्षम परियोजनाको आर्थिक सहयोगमा तालिम, गोष्ठी तथा प्रचार प्रसार मार्फत सचेतना दिईदै आएपनि सिमित सहयोग र दुर्गममा साधन सा्रेतको अभावका कारण सर्वै नागरिकलाई वित्तिय साक्षरता दिन नसकिएको सहकारीका कोषाध्यक्ष हरि बहादुर बहादुर शाहीले बताए।
Facebook Comment