निर्मला हत्या प्रकरणः तत्कालीन एसपी विष्टसहित ८ जनालाई सफाई
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको छ ।
तकालिन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीले उक्त मुद्दामा सफाई पाएका हुन्। अदालतले उक्त प्रकरणमा प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको दुवै पुष्टि नभएको भन्दै सफाई दिएको हो।
प्रतिक्रिया
Facebook Comment