पुनः लकडाउन भए व्यापार छोड्नुको विकल्प नभएको व्यवसायीको भनाइ
काठमाडौं। व्यावासायीले सरकारलाई पुनः लकडाउन नगर्न आग्रह गरेका छन्। लामो समयसम्म लकडाउका कारण व्यापार व्यवसाय ठप्प भएपछि जीविका चलाउन समेत कठिनाई परेको भन्दै उनीहरुले सरकारलाई पुनः लकडाउन नगर्न आग्रह गरेका हुन्।
लकडाउनको अवधिमा रोजिरोटीको आधार नै गुमेको कतिपय व्यापारीको गुनासो छ। सोही अवधिमा सटरभाडा तिर्न मुस्किल परेकाले पुनः लकडाउन गरे काठमाडौंको व्यवसाय नै छोडेर विस्थापित हुनुको विकल्प नभएको व्यपारी बताउँछन्।3
कलंकी चोकको बजारमा जुत्ता व्यापार गर्ने रुकमणी शर्माले भनिन्, ‘व्यापार खासै छैन तरकारी खान पुुगेको छ, फेरि लकडाउन गर्ने भन्ने सुन्छु, फेरि पनि लकडाउन गरे हाम्रो विकल्प के?’
उनले थपिन्, ‘काठमाडौंको पसल नै छोडेर विस्थापित हुनुको विकल्प छैन, अगाडिको भाडा तिर्न सकेका छैनौं। सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसबाट बच्नको लागि लागू गरेएको लकडाउन करिव चार महिनाको अवधिमा खुलाएको छ। लकडाउनले जनजीवन प्रभावित बनेको भन्दै गत साउन ७ गतेबाट खुलाएको हो।
लकडाउन खोलिएसँगै जनजीवन सामान्य बन्दै गएको छ। व्यापार व्यवसाय सूचारु अझै भइसकेको अवस्था छैन। बानेश्वरको आइपेक्स महलमा कपडा व्यापार गर्ने रस्मिला भण्डारी लकडाउन व्यवसायीको लागि घातक हुने बताउँछिन्। उनले भनिन्, ‘व्यापारी मारमा छौं, झन लकडाउन पुनः गर्नाले व्यापारीको रोजिरोटी नै गुम्छ।’
नेपालमा लकडाउन खोलिएसँगै कोरना भाइरस संक्रमित बढेको छ भने कोरोना संक्रमितको दिनुनुदिन मृत्यु भइरहेको छ। वरिष्ठ चिकित्सकहरुले सरकारले लकडाउन पुनः नगरे देशभर भयावह अवस्था आउने चेतावनी दिँदै आएका छन्। बढ्दो भिडभाड र नागरिक सचेत नहुनाले लकडाउन तत्काल गर्नुको विकल्प नभएको चिकित्सक बताउँछन्।
तर, कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का सचिव महेन्द्र गुरागाँई भने लकडाउन गर्नेबारे सल्लाह भइरहेको बताउँछन्। उनले भने, ‘हामीले दैनिक कोरोना संक्रमितको डाटाहरु हेरेर त्यसका बारेमा निर्णय गर्छौं।’
Facebook Comment