कालोपुलमा मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

डिसी नेपाल
१९ साउन २०७७ १४:४९

काठमाडाैं। काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा साेमबार एक जनाको मृत्यु भएको छ। कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *