मान्छेहरु कस्ता छन् भने, काम गरेको जसै दिँदैनन् : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय संघसंस्था र मान्छेहरु कोरोना प्रति एकदमै गैह्र जिम्मेवार भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुसँगको छलफलपछि प्रधानमन्त्रीले त्यस्ता गैह्र जिम्मेवार व्यक्ति र संस्थाका कारण नेपालमा कोरोनाले शिर उठाएको बताएका छन्।
उनले विदेशबाट ल्याउने र खुल्ला सीमानाबाट नेपाल प्रवेश गर्न दिने काम नरोकेसम्म कोरोनामा कमी नहुने बताए। उनले भने, ‘विदेशबाट ल्याउने र सीमाबाट प्रवेश गर्ने क्रम नरोकेसम्म कोरोना कमी हुने छैन।’
नेपाल आउनेलाई राम्रोसँग चेकअप गरेरमात्र ल्याउने, कोरोना संक्रमित भएको नभएको बारेमा प्रमाणित गर्ने जस्ता विषयमा विचार पु-याउनु पर्नेमा उनले जोड दिए।
उनले कोरोनाका विषयमा धेरै मान्छेहरु गैह्र जिम्मेवार बनेको समेत आरोप लगाएका छन्। उनले भने, ‘कतिपय संस्था, मानिसहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिएकाे छ। त्यस्तो विषमा खोज्न अन्त जानु पर्दैन मेरै पार्टीमा पनि त्यस्ता कुरा आएका छन्।’
सरकारले २५ जना भन्दा धेरैलाई भेला हुन नदिने भन्ने निर्णय फिर्ता नलिएको तर्फ संकेत गर्दै उनले भने, ‘२५ जना भन्दा धेरै भेला हुन नदिने भन्ने छ ४५० जनाको केन्द्रीय कमिटी बोलाउनु पर्ने रे। कहाँ बस्ने कसरी बस्ने केही छैन । स्थायी कमिटी अहिलै बस्नु पर्छ भरे बस्नु पर्छ। त्यो बाहेक केही छैन यो भन्दा देश र जनता प्रतिको गम्भीर उदाशिनता लापरवाही र आफ्ना स्वार्थका पछाडि लाग्ने प्रवितिहरु निकै व्यापक देखिन्छ।’
सञ्चार माध्यामले पनि कोरोनका विषयमा जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको तर्फ उनको संकेत थियो। उनले भने, ‘ सञ्चार माध्यामहरु सरकारको विरोध गर्ने माधयामका रुपमा प्रयोग भएका छन्। लकडाउन नगरे किन गरेन भन्ने गरे किन ग-यो भन्ने, मान्छे भड्काउने, उचाल्ने जस्ताकाम सञ्चार माध्यामले गर्छन्।’ जनताको जीवन रक्षा भन्दा ठूलो कुरो केही नभएको प्रधानमन्त्रीको भनाइ थियो। ‘कोभिड –१९ को लडाईमा हामी हरेक नेपाली सिपाइ हो। हरेक नागरिक सिपाइको भूमिका निर्वाह गर्नु पर्छ।’
बुद्धिजीविले पनि आफ्नो भूमिका निर्वाह गर्न नसकेकोमा उनले गुनासो गरे। उनले भने, ‘बौद्धिक जगतको प्रश्न सुन्छु म। कहाँ छ सरकार? काठमाडौंमा बसेर क्यामराको अगाडि, टेलिभिजनको अगाडि बसेर काहाँ छ सरकार भन्दा मैले कता देखाउने। त्यो उद्धार गरिएको ठाउँमा हेर्नु प-यो। त्यँहाका जनतालाई सोधनु प-यो कहाँ छ सरकार भनेर।’
‘ज्यानको बाजि थापेर उद्दार गरिरहेकाहरुले बुद्धिजीविले गरेका प्रश्नहरु हेर्दा कति चित्त दुख्दो हो’ प्रधानमन्त्रीले भने, ‘ सेना प्रहरीले ज्यानलाई जोखिम मा राखेर काम गरेको छन्, जसै नदिने मान्छेहरु।’
राजधानी काठमाडौंसहित मुलुकका विभिन्न शहरमा कोरोना संक्रमणको प्रकोप बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञसँग सामुहिक परामर्श गरिरहेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी परामर्शमा समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न विज्ञसँग परामर्श गरेका हुन्।
लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए। त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो।
साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ। बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ। भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ। यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ।
Facebook Comment