खोलामा डुबेर एक युवकको मृत्यु

डिसी नेपाल
२१ साउन २०७७ १९:५८

चितवन । चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । आज दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे खोलामा डुबेर इच्छाकामना–४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो ।

मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको संयुक्त टोलीले साँझ ५ः३० बजे खोलाबाट निकालिएको प्रहरी निरीक्षक तामाङले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *