संसदको निर्माणधीन भवनको कानूनमन्त्री डा. तुम्बाहाङ्फेद्वारा अनुगमन, कामको गतिमा सन्तुष्ट
काठमाडौं। कानून न्या तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबा सिंहदरबारको पुतली बगैंचामा निर्माणधीन संसद भवनको अनुगमन गरेकी छन्। अनुगमनका क्रममा कामको गतिप्रति आफू सन्तुष्ट रहेको उनले बताइन्।
उनले डिसी नेपालसँग भनिन्, ‘म यसअघि पनि अनुगमनमा आएकी थिएँ। त्यसबेला निर्माण कम्पनीले यो वर्षासम्म १५ प्रतिशत काम गर्ने भनेको थियो। तर कोरोना महामारीका कारण कामको गति अलि सुस्त भएको पाएँ। तर पनि उसले ८ प्रतिशत गरेको जानकारी पाएँ। यो पनि यस्तो महामारीका समयमा भएको राम्रै काम हो।’
गएको असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो भवन निर्माणको शिलान्यास गरेका थिए। तीन वर्षभित्र निर्माण सक्नुपर्ने सम्झौता छ। तर, कोरोना महामारीका कारण कामको गति अलि सुस्त भएको छ। मन्त्री डा. तुम्बाहाङ्फेले भनिन्, ‘भवनको जग हाल्ने काम सकिएको छ। यो कोरोनाको कारण श्रमिकहरु घर गएकाले काममा ढिलाई भएको निर्माण कम्पनीको भनाई छ। उसले अब कामदार बढाएर दुई शिफ्टमा काम गर्ने भनेको छ।’
त ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ लागत अनुमान गरिएको सो भवन निर्माण टुण्डी सेक ज्वाइन्ट भेन्चरले गरिरहेको छ। उसले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा रुपैयाँमा सो भवन निर्माण गर्ने कबुल गरेको छ।
सो भवन शिलान्यास गर्दा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनपछि विजयी हुने सांसदले संसदको नयाँ भवनमा बैठक गर्ने बताएका थिए।
Facebook Comment