नेकपा अध्यक्ष प्रचण्ड र नेम्वाङबीच भेटवार्ता
काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुझाव नेम्वाङवीच भेटवर्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पार्टीभित्र देखिएको विवादका विषयमा छलफल भएको बताइएको छ।
अध्यक्ष प्रचण्डले बोलाएपछि आफू खुमलटार गएको संसदीय दलका उपनेता नेम्वाङले जानकारी दिए। ‘प्रचण्ड कमरेडले बोलाएपछि म खुमलटार गएको हुँ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘पार्टीभित्र देखिएको मतान्तर मिलाएर जानुको विकल्प छैन भन्ने विषयमा सामान्य छलफल भयो।’
नेम्वाङ नेकपाभित्र समन्वयकारी भूमिका निर्वाह गर्ने नेताका रुपमा चिनिन्छन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको किचन क्याबिनेटसमेत मानिने नेम्वाङ र प्रचण्डबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपि नेम्वाङले भेटकामा भएको छलफलका विषयमा केही खुलाउन चाहेनन्।
Facebook Comment