जोर बिजोर प्रणालीले कोरोनाको जोमिख झन बढ्ने

डिसी नेपाल
२२ साउन २०७७ १४:४८

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेसँगै सार्वजानिक यातायातमा थप भीडभाड देखिएको छ। कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै सरकारले लागू गरेको जोर बिजोर प्रणाली लागू भएपछि सार्वजानिक यातायात कम हुँदा भीड बढेको हो।

कलंकीबाट कोटेश्वर कामको लागि सार्वजानिक यातायात चढेकी संगीता परियारले भनिन्, ‘जसरी पनि पुग्नु छ, सवारी साधनमा भीड भने भनेर रोकिन सकिन्न। जोर बिजोर लागू गरिएको छ। भनेका समयमा साधन भेटिँदैन।’

कोरोनाको जोखिम कम गर्न सरकारले जोर बिजोर प्रणाली लागू गरेपनि गन्तव्यमा पुग्न सार्वजनिक यातायात प्रयोग गर्नै पर्ने सर्वसाधारणको बाध्यताले सवारी साधनमा भीड बढेकोपछि कोरोनाको जोखिम झन बढेको छ।

जनस्वास्थ्यविदका अनुसार सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर ट्राफिक जाम नियन्त्रण बाहेकको उपलब्धि हुँदैन। कोरोना भाइरस यातायातलाई सर्ने नभएकाले जोर बिजोर प्रणाली पुरानो प्रचलन भएको भन्दै जनस्वास्थ्यविद रवीन्द्र समिरले डिसी नेपालसँग कुरा गर्दै भने, ‘सर्वसाधारण महामारीको समयमा अति आवस्यक काममा मात्र निस्कन्छन्, त्यसकारण यस समयमा जोर बिजोर गर्नु भन्दा बढी मात्रामा यातायात सञ्चालन गर्नुपर्छ।’

उनले थपे, ‘यस समयमा सर्वसाधारणको सहजताका लागि साझा यातायात, मयुर यातायात, महानगर यातायात जस्ता खुला यातायात प्रचुर मात्रामा संचालन गर्नुपर्छ।’  यता सर्वसाधारण सचेत रहनुपर्ने उनले बताए।

काठमाडौंमा दिनप्रतिदिन बढेदै गएको संक्रतिको तथ्यांक र नागरिकले कोरोनलाई गर्ने गरेको अटेरको कारण कोरनाले भयावह रुप लिन सक्ने अनुमान गरिएको छ।

डाक्टर समिर अब कोरोना भाइरसलाई नियन्त्रण गर्न जनता अत्याधिक सर्तक हुनुपर्ने बताउँछन्। ‘कोरोनालाई सामान्य मान्नु नै गलत हुन्छ, सर्वसाधाणले बच्ने र बचाउँने मेरो कर्तव्य हो भन्ने सोचाई राख्नुपर्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *