प्रचण्डसहित परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

डिसी नेपाल
२२ साउन २०७७ १५:०८

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। बुधबार अध्यक्ष प्रचण्डसहित परिवार र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको स्वाब संकलन गरिएको थियो।

बिहीबार १२ आएको रिपोर्टले प्रचण्डको बाहिरी सुरक्षा घेरामा खटिएका ६ जनामा भने कोरोना पोजेटिभ देखिएको थियो। तर प्रचण्डसहित उनको परिवार र अन्य सुरक्षाकर्मीको रिपोर्ट भने नेभेटिभ आएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

‘बुधबार सुरक्षाकर्मीसहित सबै जनाको स्वाव संकलन गरिएको थियो,’ सापकोटाले डिसी नेपालसँग भने, ‘अध्यक्षको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मी बाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *