‘१० हजार संक्रमितले १ लाख २० हजार व्यक्तिलाई संक्रमण सार्न सक्छन्’

डिसी नेपाल
२२ साउन २०७७ १६:११

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको आधारले पनि कोरोनाको खोजिमको अनुमान गर्न सकिन्छ। पहिलाबाट जनस्वास्थ्यविदहरुले उठाउँदै आएका बिषय अहिले यर्थाथमा परिणत भएको छ।

सरकारले कोरोनाका विषयमा देखाएको विवरण भन्दा बढी फैलिएको हुन सक्छ। विश्व स्वाथ्य संगठनले पालना गर्नु भनेका कुरा पालना भएका छैनन्। सार्वजानिक यातायातदेखि बजार चोकमा भीडभाड देखिन्छ।

यो हिसावले जोखिम उच्च रुपमा बढेको कुरा स्वीकार गर्न सकिन्छ। कोरोना नियन्त्रणको लागि सरकारी स्तरबाट भन्दा पनि यसलाई नियन्त्रण गर्न नागरिकको प्रमुख हात हुन्छ।

सर्वसाधारणले विशेष सावधानी अपनाउनुपर्छ। जनस्वास्थ्यका मापदण्डलाई पालना गर्नु नै कोरोनाबाट बच्ने मुख्य आधार हो।  अहिले कोरोनाको व्यापक परीक्षण नभएको गुनासो आएका छन्।

पिसिआर परीक्षण कम गर्नु भनेको कोरोना लुकाउनु हो। सरकारले देखाएको विवरण भन्दा संक्रमित कयौं गुणा धेरै छन्। बुधबारकै कुरा गर्नें हो भने कोरोना परीक्षण पोजेटिभ देखिएका १०२ जना मध्य १६ जना सम्पर्कविहीन छन्।

अहिले भारतसँग सिमाना जोडिएका अधिकांश जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिएको छ, फैलिने क्रममा छ। तसर्थ सीमा नाकालाई शिलबन्दी गर्ने, सीमावासीलाई राहत र सचेतना दिएर सुरक्षाकर्मीसँग संयुक्त गस्ती गर्ने गर्नुपर्छ।

ती १६ जनाको कन्ट्राक ट्रेसिङ गरिएको छैन। कोरोना परीक्षण गरेर पनि सतर्कता अपनाइएको छैन। यी विषयलाई अध्ययन गर्दा पनि काठमाडौंमा कोरोना कुन स्तरमा फैलिएको छ भनेर अनुमान लगाउन सकिन्छ।

हालसम्म सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी उपाए अपनाएको छैन। सरकारको काम लकडाउन खोल्ने र लकडाउन गर्ने जस्तोमात्रै भयो।

यसअघि पनि सरकारले चार महिना लामो लकडाउन घोषणा गरेको थियो। उक्त लकडाउन प्रभावकारी देखिएको थिएन। त्यही कारण नागरिकले लकडाउनको कुरा सुन्ने बित्तिकै मुन्टो बटार्न थालेका छन्।

अगाडिको जस्तो आज बन्द, भोलि खुल्ने लकडाउन गरेर उपलब्धि हासिल हुँदैन। लामो समयसम्म लकडाउनको कारण मारमा परेका नागरिकलाई असर नगर्ने तरिकाले लकडाउन गर्नुपर्छ। अबको लकडाउन स्मार्ट हुनुपर्छ। लकडाउनले नागरिकदेखि देशको आर्थिक अवस्थालाईसमेत असर नगरोस्।

अहिले भारतसँग सिमाना जोडिएका अधिकांश जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिएको छ, फैलिने क्रममा छ। तसर्थ सीमा नाकालाई शिलबन्दी गर्ने, सीमावासीलाई राहत र सचेतना दिएर सुरक्षाकर्मीसँग संयुक्त गस्ती गर्ने गर्नुपर्छ।

आवतजावत दुवैलाई बन्द गर्नुपर्छ। सामान ढुवानी गर्ने भारतीय चालक र सहचालकलाई कोरोना परीक्षण गरेर मात्र नेपालभित्र आउन दिने वा सीमाबाट नेपाली चालकमार्फत परिवहनको व्यवस्था मिलाउनुपर्छ। यो नै सबैभन्दा महत्वपूर्ण पक्ष हो। हामीकहाँ संक्रमण आउने प्वाललाई टाल्ने हो भने आन्तरिक अवस्था व्यवस्थापन गर्न हामी आफै्र सक्षम छौं।

त्यस्तै असारको तेस्रो हप्तायता देखिएको कोरोना संक्रमण लक्षणयुक्त छ। लक्षणयुक्त संक्रमण धेरै जनालाई सर्ने तथा गम्भीर बनाउने प्रकृतिको छ। नेपालको अहिलेसम्मको तथ्यांक विश्लेषण गर्दा १ जना संक्रमितले बढीमा १२५ जनालाई तथा घटीमा १ जनालाई संक्रमण सारेको एवं औसतमा एक जनाले १२ जनालाई संक्रमण सारेको सीसीएमसीले जनाएको छ।

यो अवस्था विद्यमान भएमा १० हजार संक्रमितले १ लाख २० हजार व्यक्तिलाई संक्रमण सार्न सक्छन्। तसर्थ छिटो परीक्षण र छिटो कन्ट्रयाट ट्रेसिङको स्मार्ट रणनीति बनाउनु जरुरी छ।

हाम्रा अस्पतालका आइसीयू अहिले नै लगभग भरिएका छन्। अभियानको रूपमा अस्पतालको क्षमता नबढाउने हो भने हाम्रो स्वास्थ्य प्रणालीले महामारी धान्न सक्दैन। तसर्थ कोरोना संक्रमण रोकथामका लागि राज्य एवं नागरिकले उच्च सतर्कता अपनाउनुको विकल्प हामीसँग छैन।

प्रकोप नियन्त्रणका लागि हामीले केही अप्ठ्यारा सहनुपर्ने अवस्था आउन सक्छ। यसका लागि हामी मानसिक रूपमा तयार हुनु जरुरी छ।

डा. समिरसँग डिसी नेपालका कमला वस्तीले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *