नेपाली फुटबल गतिविधिलाई सामान्य स्थितितर्फ लग्न तयारी सुरु (फोटो फिचर)

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले नेपाली फुटबल गतिविधिलाई सामान्य स्थितितर्फ लग्न तयारी सुरु गरेको छ । फुटबल टोलीले यसै सातादेखि प्रशिक्षण सुरु गर्दैछ ।
अखिल नेपाल फुटबल सङ्घले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्ने स्वास्थ्य ‘प्रोटोकल’ अपनाउन सुरु गरेको जनाएको छ । एन्फाले सुन्दर ढोका साथी सेवासँगको सहकार्यमा एन्फा परिसर, होस्टेल र कार्यालय किटाणुनाशक छरेको जनाएको छ ।
“खेलाडी, प्रशिक्षक तथा अन्य कर्मचारीमा कोभिड–१९ परीक्षण यथाशीघ्र सुरु गरिनेछ”–एन्फाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपालले विश्वकप र एसिया कप छनोट खेलको लागि चाइनिज ताइपेइसँगै असोज २२ गते, अष्ट्रेलियाविरुद्ध असोज २७ मा र जोर्डनसँग कात्तिक २७ गते खेल्नेछ ।
तीनवटै खेलको आयोजना नेपालले नै गर्नेछ । विश्वभरि कोरोना महामारीको प्रकोपका बीच रोकिएको नेपाली फुटबल गतिविधि पाँच महिनापछि सुरु हुँदैछ ।
तस्वीर : एन्फा
Facebook Comment