विष्णु रिमालले नारायणकाजीलाई भने–प्रवक्ता पदको लाज त जोगाउनुस्
काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद सार्वजनिक रुपमा देखा पर्न थालेको छ। विशेष गरी समाजिक सञ्जालमा एकअर्कालाई आरोप प्रत्यारोपका श्रृंखला चल्ने गरेका छन्।
शुक्रबार मात्रै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका विषयमा टिप्पणी गरेका छन्। रिमालले शुक्रबार सामाजिक सञ्जाल ट्विटर पार्टीको प्रवक्ता पदको लाज जोगाउन, विधि र पद्धतिको नक्कली गीत गाउने नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न आग्रह गरेका छन्।
Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!— Bishnu Rimal (@BishnuRimal) August 7, 2020
रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गर्दै लेखेका छन्, ‘कम से कम पार्टीको प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधि र पद्धति’ को नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्। पार्टी एकता विरुद्ध कुनै पनि गतिविधि कतैबाट पनि नहोस्। मुलुक संवेदनशील मोडमा छ महशुस होस।’
Facebook Comment