हेटौंडा अस्पतालमा उपचाररत बिरामी कोरोना पोजेटिभ भएपछि स्वास्थ्यकर्मी आइसोलेशनमा

डिसी नेपाल
२३ साउन २०७७ २२:५३

काठमाडौं। मकवानपुरको हेटौंडा अस्पतालमा उपचाररत एकजना बिरामी कोरोना पाजेटिभ देखिएपछि सो अस्पतालका एकजना चिकित्सकसहित ५ जना आइसोलेशनमा बसेका छन्।

अस्पतालका डाक्टर राजु सेढाईले अस्पतालमा उपचारका लागि आएका एकजना बिरामी कोरोना पाजेटिभ देखिएपछि स्वास्थ्यकर्मी आइसोलेशनमा बसेको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘केही दिन अगाडि एकजना उपचारका लागि आउनु भएको थियो। उहाँले परीक्षणका लागि स्वाब दिएको जानकारी दिनु भएन। आज (शुक्रबार) उहाँको रिजल्ट पोजेटिभ आएपछि एकजना चिकित्सक, नर्स र हेल्परसहित ५ जना आइसोलेशनमा बस्नु भएको छ।’

डाक्टर राजु सेढाई

उनका अनुसार अस्पतलाको नियमित आकस्मिक वार्डसमेत सिल गरिएको छ। डा. सेढाईँले भने, ‘बिरामीमा कोरोना देखिएपछि नियमित आकस्मिक वार्ड सिल गरिएको छ। हाम्रोमा दोस्रो आकस्मिक वार्ड पनि छ। अब त्यहिँबाट सेवा दिइन्छ।’

गएको माघमा पहिलो पटक नेपालमा कोरोनाका एकजना बिरामी देखिएकोमा साउन २३ गते शुक्रबारसम्म आइपुग्दा २२ हजार भन्दा धेरै संक्रमित फेला परेका छन्। सरकारले चार महिना लामो लकडाउन यही साउन ६ गते अन्त्य भएको घोषणा गरेपछि झन कोरोना महामारीको जोखिम बढेको छ। पछिल्ला दिनहरुमा स्वास्थ्यकर्मी पनि कोरोना पोजेटिभ देखिन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *