क्षेत्री समाजले आदिवासी दिन नमनाउने

डिसी नेपाल
२५ साउन २०७७ ११:५५

काठमाडौं। क्षेत्री समाज नेपालले २७ औं आदिवासी दिवस स्थगित गरेको छ। हरेक वर्ष साउन २५ मा मनाइने आदिवासी दिवस यो पटक कोरोनाको महामारीको कारण स्थगित गरिएको हो।

नेपालको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र जातीय सदभावका निम्ति आफ्नो आवाज बुलन्द पार्दै आएको क्षेत्री समाज नेपालले एक विज्ञप्ति मार्फत यो पटक कारोनाको महामारी सरकारले दिएको आदेशका पालन गरी आदिवासी दिवस स्थगित गरिएको जानाकारी गराएको छ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्री समाज नेपाल गण्डकी प्रदेशको सचिवालय बैठकको निर्णयानुसार यही साउन २५ गते २७ औंं विश्व आदिवासी दिवस मनाउने सन्दर्भमा देशभरी फैलिएको कोरोना भाइरस ( कोभिड १९) ले तहसनहस पारी महामारीको रूपमा समुदायमन फैलिन गइरहेको अवस्थामा ठूलो संख्यामा क्षत्री बन्धुहरूलाई मैदानमा उतारेर कार्यक्रम सञ्चालन गर्दा झन भयावह हुन जाने र राज्यबाट पनि यस्ता ठूला कार्यक्रम एवं भेला नगर्न नगराउन दिइएको आदेशलाई पालना गरि यसवर्ष आदिवासी दिवसको उपलक्ष्यमा औपचारिक र सार्वजनिक कार्यक्रम आयोजना गर्ने नसकिने व्यहोरा जानकारी गराउँदै आदिवासी दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा सु स्वास्थ दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।’

सोही विज्ञप्तिमार्फत क्षत्री समाज नेपालले देशभर बाढी पहिरो तथा ढुवानमा परी घाइते भएकाको शिघ्र स्वास्थ लाभको कामना र मृत्युवरण गरेकाहरूको लागि चिरशान्तिको कामना समेत गरेका छ।

क्षेत्री समाज नेपाल गण्डकी प्रदेश समिति कास्की ,पोखराराष्ट्रिय अखण्डता र जातीय सदभावलाई सबल पार्ने सबै नेपालीलाई सेवा पुग्ने काम गरी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *