रिसाएका हरिप्रसादले हाकिमको नाममा यौन खेलौना अर्डर गरिदिए, पार्सल हाकिमकहाँ पुगेपछि…
काठमाडौं। आफ्नो संचय कोषको सुविधा नपाएपछि रिसाएका एक कर्मचारीले आफ्ना मालिकको फोन नम्बर एस्कर्ट सर्भिस (महिलाले भाडामा लिन सक्ने पुरुष) को रुपमा सूचिबद्ध गरिदिए र मालिकको नामबाट उनको परिवारका सदस्यहरुको लागि भन्दै यौन खेलौनाहरु अर्डर गरिदिए एक अधिकारीले शनिबार बताएका छन् । ‘घटना झण्डै १० दिन अगाडि भएको हो र हामीले बुधबार यस विषयमा अपमानको केस दर्ता गरेका छौं र अनुसन्धान गरिरहेका छौं’ एक पुलिस अधिकारीले समाचार एजेन्सी आइएएनएसलाई बताए ।
हरिप्रसाद जोशी नामका ती कर्मचारीले बैंगलोरको लाभेल्ले रोडमा बस्ने आफ्ना मालिक अविनाश प्रभुको नम्बर एस्कर्ट सर्भिसमा सूचिकृत गरिदिएका थिए । ‘जोशीलाई अहिलेसम्म पक्राउ गरिएको छैन र हामीले अनुसन्धान गरिरहेका छौं’ अधिकारीले भने । रियल्टी र कफी बिक्री गर्ने कम्पनीका निर्देशक प्रभुले कोरोनाभाइरसका कारण व्यवसाय रोकिएपछि जोशीको संचय कोषको सुविधाको लागि प्रक्रिया अगाडि बढाउन सकेका थिएनन् । प्रभुभन्दा अगाडिका निर्देशकले समेत जोशीको सुविधा उपलब्ध गराउनका लागि आवश्यक कागजात पेश गरेका थिएनन् ।
पैसाको अभावले दबाबमा परेका जोशीलाई पैसाको अत्यन्तै आवश्यकता थियो र उनले प्रभुलाई बारम्बार यसबारे दबाब दिइरहेका थिए । यस क्रममा उनीहरुबीच बहस पनि भएको थियो । मौखिक विवादका क्रममा प्रभु जोशीलाई कुनै हालतमा पैसा नदिने भन्दै धम्की दिने हदसम्म उत्रिएका थिए र उनलाई अत्यन्तै आक्रोशित बनाउने गरी गर्न सकेको कुरा गर्न चुनौती दिएका थिए । यो घटनापछि जोशीले प्रभु, उनकी पत्नी र छोराछोरीलाई अपमानजनक इमेल पनि पठाएका थिए । यत्तिमा नरोकिएर जोशीले प्रभुको नम्बर एस्कर्ट सर्भिसमा सूचीकृत गरिदिए र उनको परिवारको नामबाट यौन खेलौनाहरु अर्डर गरिदिएका थिए ।
Facebook Comment