विवादकाबीच देउवाद्वारा विभागमा मनोनयन, अवैधानिक काम हो : पौडेल

डिसी नेपाल
२६ साउन २०७७ १०:५२

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादकाबीच थप १० विभागहरुमा मनोनयन गरेका छन्। आइतबार पार्टी कार्यालय सानेपामा सभापति देउवाले एकलौटी विभागहरुको मनोनयन गरेका हुन।

सभापति देउवाले गरेको मनोनयन अवैधानिक र आचारसंहित विपरित भएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रक्रिया जनाएका छन्। उनले डिसी नेपालसँग कुरा गर्दै जसरी पार्टीको महाधिवेसन नजिकिदै गर्दा सभापतिद्वारा गरिएका मनोनयनहरु अवैधानिक र आचारसंहिता विपरित भएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘हाम्रो पार्टीको महाधिवेसको मिति नजिकिदै गर्दा सभापतिले गरेका मनोनयहरु अवैधानिक छन्। यो पार्टीको आचारसंहिता विपरित छन्। यस्ता कामहरु गरिनु उपयुक्त कदापी हुँदै होइन्।’

तर, कांग्रेसले विज्ञप्ति जारी गर्दै पार्टीको विधान २०१७ को धारा २५ (९) बमोजिम सभापति देउवाले मनोनित गरेको जनाएको छ।

सभापति देउवाले संगठन विभाग, शिक्षा विभाग, यातायात व्यवसायी समन्वय विभाग, मुस्लिम विभाग, तराई मधेश समन्वय विभाग, संघीय मामिला तथा प्रदेश समन्वय विभाग, वन वातावरण तथा विपद् व्यवस्थापन विभाग, वित्तिय तथा सहकारी संस्था समन्वय विभाग स्थानीय तह समन्वय विभाग र निमार्ण व्यवसायी समन्वय विभाग थप गरेका हुन्। यसअघि नै जेष्ठ १७ गते तरुण विभाग र जेष्ठ २८ गते खेलकुद विभाग मनोनि गरेका थिए।

कांग्रेस सभापति देउवाले २०७७ जेठ १७ गते तरुण विभागमा मनोनयन गरेका थिए । तरुण विभाग प्रमुखको जिम्मा शंकर भण्डारीले पाएका छन् भने सचिव श्यामप्रसाद श्रेष्ठ छन् । यस्तै, कांग्रेसले जेठ २८ गत खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतलाई तोकेको छ। उपप्रमुखमा मोहन कुमार राई र सचिवमा मीनकृष्ण महर्जन मनोनित भएका छन् ।

आइतबार मनोनित गरेका संगठन विभाग प्रमुखको जिम्मा गोपालमान श्रेष्ठलाई दिइएको छ। ४१ सदस्यीय उक्त समितिको सचिवमा विनकुमार विश्वकर्मा तोकिएका छन्।
यस्तै, शिक्षा विभागको प्रमुखमा हरिप्रसाद नेपाल, उपप्रमुखमा शेषनाथ अधिकारी र सचिवमा डा. कृष्णप्रसाद पौडेल तोकिएका छन्। शिक्षा विभाग ४० सदस्यीय रहेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस्तै, यातायात व्यवसायी समन्वय विभागको प्रमुख महेन्द्र यादवलाई मनोनित गरिएको छ। जम्मा ४१ सदस्य यस विभागमा रहेका छन्। यस्तै, वन, वातावरण तथा विपत व्यवस्थापन विभागको प्रमुख अम्बिका बस्नेत बनेकी छन् । यसमा ३९ सदस्य छन्। ४० सदस्यीय संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारी रमेश रिजालले पाएका छन् । यी तीन वटै विभागको सचिव र उपप्रमुख जस्तो जिम्मेवारी भने तोकिएको छैन्।

कांग्रेसले मुस्लिम विभागको प्रमुखमा फरमुल्लाह मन्सुरलाई मनोनित गरेको छ । ३८ सदस्यीय उक्त समितिको सचिवमा परवेज अन्सारीलाई तोकिएको छ।

तराई–मधेश समन्वय विभाग प्रमुखमा अजयकुमार चौरसिया, उपप्रमुखमा श्रीपत राउत र सचिवमा रामनारायण प्रसाद कुर्मी छन्। उक्त समितिमा ३९ सदस्यहरु रहेका छन्।

३९ सदस्यीय वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी आनन्दप्रसाद ढुंगानाले पाएका छन् । यो विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ल तोकिएका छन्। यस्तै, स्थानीय तह समन्वय विभाग प्रमुखको जिम्मेवारी अर्जुनप्रसाद जोशीले पाएका छन् भने, ३८ सदस्यीय यो विभागको पनि उपप्रमुख र सचिव तोकिएको छैन। यस्तै उपप्रमुख र सचिव नतोकिएको ३९ सदस्यीय निर्माण व्यवसायी समन्वय विभागको प्रमुख बीरबहादुर बलायर बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *