आज साउन २७ गते कृष्ण जन्माष्टमी, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२७ साउन २०७७ ६:४८

आज वि.सं.२०७७ साल साउन २७ गते मंगलबार । सन् २०२० अगष्ट ११ तारिख । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । चन्द्रमा मेषराशिमा । काठमाडौंमा सूर्योदय ०५ः३२ र सूर्यास्त बेलुकी ०६ः४३ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनोरन्जनमा दिन बित्नेछ । व्यक्तिगत काम अधुरो हुनेछ ।  मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  धनको हानी नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । साथी भाइले साथ छोड्नेछन् । आफन्तहरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  धनको सहयोग जुट्नेछ । प्रिय वस्तु मिल्नेछ । काममा फाइदा आउनेछ । व्यापारमा अरुदिन भन्दा सामान्य वृद्धि हुने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  प्रतिस्पर्धी परास्त  हाेलान । राजनीतिमा अवसर आउनेछ । क्षमताको प्रशंसा हुनेछ । ठूलाबडाबाट आश्वासन मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक काम बन्नेछ । भाग्य बढेर जानेछ । व्यापारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  स्वास्थ्यले समस्या दिनेछ । आलोचना बढी हुनेछ । कुटुम्बबाट समस्या मिल्नेछ । शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  प्रेममा प्रगति मिल्नेछ । यात्रामा सुख मिल्नेछ । पारीवारिक भेटघाट हुनेछ । उद्योग तथा व्यापारमाबाट राम्रै फाईदा हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  वादविवादमा परिनेछ ।कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् ।   प्रतिष्पर्धामा जित हुनेछ । आर्थिक सहयोग मिल्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा सफलता मिल्नेछ । सन्तानको प्रगति हुनेछ । रोकिएका काम बन्नाले मनग्गे धन आर्जन हुनेछ । धनको वृद्धि हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  अध्ययन अध्यापनमा मन कम जाने  छ। पारीवारिक अशान्ति बढ्नेछ । काममा ढिला हुनेछ । मानसिक रुपमा कमजोर भइनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग तथा व्यावसायमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुने छ। भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ । नयाँ काममा प्रगति हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  भोजनमा मस्ती मिल्नेछ । वोलीले प्रभाव पर्नेछ । साथीभाइ नजिक हुनेछन् । व्यापारमा मन्दि आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *