गोंगबु हत्या प्रकरण : यसरी रेटिएकाे थियाे बाेहाेराकाे घाँटी

डिसी नेपाल
२७ साउन २०७७ ११:२३

काठमाडौं। गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेको खुलेको छ। कल्पना शाही मुडवरीले आफ्नै डेरामा मदिरासँगै औषधि खुवाएर हथौडा प्रयोग गरी हत्या गरेको खुलेको हो।

उनले कोठामा आएका बोहोरालाई औषधि खुवाएर बेहोस बनाएपछि टाउकोमा हथौडा प्रयोग गरेकाे तथा शव व्यवस्थापनका लागि टाउको र खुट्टा काटेर झोलामा हालेर फ्याकेको बयान दिएकी छिन्।

महानगरीय प्रहरी अपराध महाशाखाले चितवनबाट काठमाडौं ल्याएपछिको बयानमा उनले सो कुरा बताएकी हुन्। बोहोराको हत्यापछि उनले चितवनमा रहेका एम्बुलेन्स चालक भिनाजुलाई बोलाएर चितवन भागेकी थिइन्।३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको भिनाजु एम्बुलेन्स लिएर काठमाडौं आएको प्रहरीले दावी गरेको छ।

हत्या भएको करिब ४८ घन्टामा नै प्रहरीले हत्याकी मुख्य अभियुक्त कल्पना मुडवरीलाई चितवन शक्तिखोरबाट पक्राउ गरी सोमबार विहान काठमाडौं ल्याएको छ।

घटनाका अनेक पाटाको अनुसन्धान जारी रहे पनि प्रारम्भिक चरणको काम सकिएका कारण हत्या अभियुक्त मुडवरीलाई अहिले सार्वजनिक गर्न लागिएको प्रहरीले जनाएको छ। घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त अनुसन्धान गरेका थिए।

मुडवरीले बोहरा हत्यामा आफूले स्लिपिङ ट्याबलेट खुवाएको र आफूलाई बलात्कार गर्न खोजेको पनि बयान दिएकी छिन्। यस्तै प्रहरीले घटनास्थलबाट ह्याम्बर र काट्नका लागि प्रयोग गरिएको दाउ समेत बरामद गरेको छ।

अभियुक्तको बयानअनुसार बोहराले बलात्कारको कोशीश गरेपछि स्लिपिङ ट्याबलेट खुवाएर हत्या गरिएको हो र शव व्यवस्थापनका लागि १६ वर्षीया छोरीले सहयोग गरेको भन्ने पनि विवरणमा खुलेका छन्।

हत्या र शव व्यवस्थापन गरेपछि कल्पना चितवनस्थित घर पुगेकी थिइन्। प्रहरीले छोरीलाई पनि पक्राउ गरेको छ। कल्पना विवाहित भएपनि श्रीमानसँग बसेकी थिइनन्।

उनी छुट्टै बस्दै आएको र बोहोरासँग लामो चिनजान भएको प्रहरीको दावी छ। त्यस्तै बोहोरापनि विदेश बसेर नेपाल आएका थिए। उनी पनि श्रीमतीसँग बसेका थिएनन्। लामो समयदेखि गोगंबु क्षेत्रमा बस्दै आएका बोहोरा र कल्पानको चिनजान पनि धेरै अगाडिदेखि भएको पाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *