भक्तपुरस्थित केमिकल फ्याक्ट्रीमा आगलागी
काठमाडौं। भक्तपुरको मध्यपुर थिमिस्थित एक फ्याक्ट्रीमा मंगलबार आगलागी भएको छ। मध्यपुर नगरपालिका वडा नम्बर ६ स्थित युनाइटेड नेपाल केमिकलमा मंगलबार दिउँसो ४ बजेपछि आगलागी भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता दीपक गिरीले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘आगो करिब १ घण्टापछि नियन्त्रणमा लिएका छौं। विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ।’
सलाई, साबुनलगायतका समानको कच्चा पदार्थ उत्पादन गर्ने सो फ्याक्ट्रीमा आगो लागेको हो। आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको दावी गरिएको छ।
प्रतिक्रिया
Facebook Comment