कोरोना महामारीः मंगलबार भाइरल भएका तस्वीर र भिडियोको सन्देश

डिसी नेपाल
२७ साउन २०७७ १८:३३

काठमाडौं। यो सामाजिक सञ्जालको समयमा कुनै अलि अनौठो तस्वीर वा भिडियो देखियो भने ती एकैछिनमा भाइरल हुन्छन्। सामाजिक सञ्जालहरुमा दिनहुँ कुनै न कुनै तस्वीर वा भिडियो भाइरल भइरहेकै हुन्छ।

तर, मंगलबार भाइरल भएका केही तस्वीर तथा एक भिडियोले भने एक सन्देश दिएको छ। मंगलबार बिहानैदेखि काठमाडौं प्रहरी परिसरले आयोजना गरेको पत्रकार सम्मेलनको तस्वीरहरु भाइरल भइरहेका छन्।

मंगलबार अपराह्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमको भिडियो भाइरल भएको छ।

तस्वीरः सामाजिक सञ्जालबाट

प्रहरीको पत्रकार सम्मेलनले कोरोना भाइरस महामारीको यो जोखिमपूर्ण अवस्थामा सरकारले लागु गरेको मापदण्डकै खिल्ली उडाएको छ। प्रहरी र पत्रकार दुबै यसमा कोरोनाको विना डर झुम्मिएका छन्। त्यहाँ कुनै सामाजिक दुरी कायम भएको छैन। कोरोना सर्नबाट सुरक्षित हुनुपर्ने कुनै उपया अवलम्बन गरिएको छैन।
तस्वीरसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो पत्रकार सम्मेलन भर्चुअल पनि गरे हुन्थ्यो, विज्ञप्ति जारी गरे पनि हुन्थ्यो भनेर आवाज उठाउँदै पत्रकार तथा प्रहरीको गैरजिम्मेवारीप्रति प्रश्न उठाएका छन्।


उता मन्त्रालयले हरेक दिन कोरोना अपडेटबारे गर्ने पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता गौतमले मंगलबार पत्रकार सम्मेलन लाइभ भइरहेकै बेला औंला नाकमा घुसारे। यो भिडियो पनि भाइरल भइरहेको छ। कोरोना सर्ने भन्दै सरकारले नै नाकमा औं नलिन बारम्बार सूचना जारी गरिरहेको छ। र कोरोनाबारे नै अपडेट गराउँदा प्रवक्ताले औंला नाकमा घुसारेपछि उनको पनि आलोचना भएको छ।

काेराेना महामारीकाे जाेखिम बढिरहे पनि मानिसहरू सचेत छैनन् भन्ने यी तस्वीर र भिडियाेले देखाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *