आज साउन २८ गते, कस्ताे रहला आजकाे दिन, हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२८ साउन २०७७ ६:५६

आज वि.सं.२०७७ साल साउन २८ गते बुधबार । सन् २०२० अगष्ट १२ तारिख । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । चन्द्रमा मेषराशिमा बिहान ०५ः५२ सम्म उप्रान्त वृषराशिमा । काठमाडौंमा सूर्योदय ०५ः३३ र सूर्यास्त बेलुकी ०६ः४२ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  धार्मिक तथा सामाजिक काममा मन जानेछ । छोटो दूरीको धार्मिक यात्रा हाेला । व्यावसायबाट मनग्गे धन लाभ लिन सकिनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा सुधार हुने छ। स्वास्थमा सुधार हुने छ। पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन्।  आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  वादविवादमा फस्ने योग छ ध्यान दिनुहोला। कष्टकर यात्रा नहोला भन्न सकिन्न। आफन्त तथा अग्रजसँग सैद्धान्तिक राय बाजिनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  दाम्पत्य जीबन सुखि रहनेछ। व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । स्वास्थ्य सम्बन्धी समस्याले भने सताउने देखिन्छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  मन परेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।  माता पिताको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  राजनीति तथा नोकरी गर्नेहरुका लागि राम्राे समय रहेकाे छ। समाजमा प्रतिष्ठित हुन सकिएला।  छोटो दूरीको लाभलायी यात्रा हुने योग रहेकोछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिक तथा सामाजिक प्रभावमा कमी हाेला। नयाँ व्यावसाय थालनी गर्नुभन्दा पनि पुरानालाई नै निरन्तरता दिँदा राम्राे हाेला। समयमा निर्णय लिन नसक्दा अवसर छुट्न सक्छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  आलोचना गर्नेहरु बढ्नेछन् ।  घरेलु समस्याले सताउनेछ। प्रेममा शंका गर्ने बानिले परिस्थिति विग्रिने याेग छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्ने याेग छ। भौतिक सम्पत्ति प्राप्त हुने योग  छ । प्रतिभाले मान सम्मान दिलाउनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  भौतिक सम्पत्ति  प्राप्तीको योग रहेकोछ। बौद्धिक चिन्तन तथा विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। नसोचेको ठाँउबाट धन प्राप्तिकाे योग रहेकोछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  पढाइ लेखाइमा ध्यान जाने छैन। व्यापार व्यावसायमा घाटा हाेला। मन खिन्न रहने याेग छ। स्वास्थ्यमा ध्यान दिनु उपयुक्त छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो दुरिको यात्राको सम्भावना छ। व्यापारबाट राम्राे आम्दानी हाेला। प्रतिष्ठा जोगाउन सफल भइएला। प्रेम सम्बन्ध प्रगाढ हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *