आईपीएल : राजस्थान रोयल्सका फिल्डिंग कोच कोरोना संक्रमित

काठमाडौं । अर्को महिना युएईमा हुने १३ औं आईपीएलका लागि केहि दिनमै टोलीहरु युएई प्रस्थान गर्ने तरखरमा रहेका छन । टिमहरु प्रस्थान गर्नु अगावै राजस्थान रोयल्सका लागि नराम्रो खबर आएको छ । राजस्थान रोयल्सका फिल्डिंग कोच दिशान्त याग्निक कोरोना संक्रमित भएका छन । दिशान्त हाल उनको घर उदयपुरमा रहेका छन । उनलाई १४ दिनको क्वारेन्टाईनको लागि अस्पताल भर्ना हुन सल्लाह दिईएको छ । क्वारेन्टाईन बसाई सकेपछि उनले बीसीआईको प्रोटोकल अनुसार दुई टेस्टहरु गराउनु पर्नेछ । दुबै टेस्टको रिर्पोट नगेटिभ आएपछि उनी सेल्फ आइसोलेशनमा ६ दिन बसेपछि मात्रै उनलाई टिमसंग जोडिन अनुमति दिईनेछ । युएई पुगेपछि उनले पुनः तिनवटा टेस्टहरु गराउनु पर्नेछ ।
पछिल्लो १० दिनमा दिशान्तको नजिक आएका व्यक्तिलाई फ्रेन्चाइजीले कोविड टेस्ट लिन र सेल्फ आईसोलेसनमा बस्न आग्रह गरेको छ। साथै फ्रेन्चाइजीले गत १० दिनमा राजस्थान रोयल्सका वा आईपीएलका अन्य कुनै खेलाडी दिशान्तको नजिक नआएको पुष्टि गरेको छ ।
साथै दिशान्तले ट्वीट गर्दै उनको कोरोना टेस्ट पोजेटिभ आएको र उनीसंग पछिल्ला १० दिनमा सम्पर्कमा आएको ब्यक्तिले कोरोना परिक्षण गराउन आग्रह गरेका छन । उनले भने, “बीसीसीआई प्रोटोकलका अनुसार अब म १४ दिनको लागि अलग्गै बस्नु पर्छ। युएईमा राजस्थान रोयल्समा सामेल हुनुभन्दा अघि मैले दुई पटक कोरोना टेस्ट नेगेटिभमा आउनु आवश्यक छ।”
Hi all, I hv tested COVID +. Pls get tested if you hv been in contact with me in the last 10 days. In line wd BCCI protocols I will be now quarantining for 14 days. I will then need 2 ngtv tests b4 joining the team @rajasthanroyals in UAE. Thx 4 yr blessings & good wishes!
— Dishant Yagnik (@Dishantyagnik77) August 12, 2020
Facebook Comment