नागरिक–सेनाको सम्बन्धमा संवेदनशील हुन सेनाको अनुरोध

डिसी नेपाल
२८ साउन २०७७ २०:१४

काठमाडौं। नेपाली सेनाले सेना र नागरिकका सम्बन्धबारे संवेदनशील भएर समाचार प्रकाशन गर्न सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो।

विज्ञप्तिमा सेनाको संगठनात्मक व्यवस्थापन र गतिविधिहरूबारे जनस्तरमा हुने अभिरुचिलाई स्वाभाविक मान्दै आएको उल्लेख गर्दै सेनाले सञ्चार माध्यमार्फत व्यक्त हुने सकारात्मक र आलोचनात्मक सबै किसिमका प्रतिक्रियाहरुका लागि आभार भनेको छ।

सेनाले भनेको छ, ‘यद्यपि, मुलुकको राष्ट्रिय सेना र नागरिक(सेना सम्बन्धका विषयमा हुने प्रकाशन र प्रशारणहरु तथ्यपरक सूचनामा आधारित हुने अपेक्षा राख्दै यसतर्फ थप संवेदनशील भइदिन हुन विनम्र अनुरोध गर्दछौं।’

पछिल्ला दिनहरुमा रक्षामन्त्री र सेनाबीच असन्तुष्टि भएका समाचारहरु आएपछि सेनाको यो अनुरोध आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *