स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु

डिसी नेपाल
२९ साउन २०७७ ६:५५

बैतडी। स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन्। पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो।

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पु-याइएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए।

मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन्। उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पु-याएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *