नक्कली सुन काण्डमा संलग्न इल्ताफ हुसेन पक्राउ

डिसी नेपाल
२९ साउन २०७७ १०:००

काठमाडौं। नक्कली सुनकाण्डमा मुछिएका इल्ताफ हुसेनलाई प्रहरीले पक्राउ गरेको छ। हुसेनलाई बिहीबार विहान पर्साबाट प्रहरीले पक्राउ गरेको हो।

साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि हुसेनलााई प्रहरीले खोजिरहेको थियो।
सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो ।

सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर ईल्ताफ भागेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *