अब सिटी एक्सप्रेसको भुक्तानी एनआइसी एशिया लघुवित्तीय शाखाहरुबाट
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरको भुक्तानी एनआइसी एशिया लघुवित्तका शाखाहरुबाट हुने भएको छ।
सिटी एक्सप्रेस मनीट्रान्सफर र एनआईसी एशिया लघुवित्तवित्तीय संस्थाबीच भएको सम्झौता अनुसार लघुवित्तिय संस्थाका देशभर रहेका १५० वटै शाखाबाट ग्राहकहरुले भुक्तानी पाउने भएका हुन्।
एनआइसी एशियाका शाखाहरुमार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारहरुको भुक्तानी हुनसक्ने बताइएको छ। ।सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द« टण्डन र एनआईसी एशिया लघुवित्तवित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका छन्।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रलिया लगायत थुप्रै देशहरुमार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
आन्तरिक विप्रेषण अन्तरर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८ हजार ५०० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
Facebook Comment