बाह्य चलखेल र लोकतान्त्रिक संस्कार विकास हुन नसक्दा विवाद बढ्यो

डिसी नेपाल
२९ साउन २०७७ १४:४९

काठमाडौं। अहिले पार्टीभित्र विवाद बढेर गएको छ। विशेष गरी राजनीतिमा बाह्य चलखेल बढी भयो। बाह्य चलखेल र लोकतान्त्रिक संस्कारको विकास गर्न नसकेर अहिलेको समस्या आएको हो। अहिले पार्टी भित्रको विवादमा अहंकारले पनि काम गरेको छ। पार्टी एकताका लागि सबैभन्दा पहिला मपाइँत्वलाई हटाउनुपर्छ।

पार्टी एकताका लागि अब आफ्नो फाइदा मात्रै हेर्नु हुँदैन। हिजो दुःख गर्यौं अब मोज मस्तीले बस्ने पालो हो मेरो भन्ने सोचाइ हटाउनुपर्यो। म भन्ने शब्द हटाउनु पर्छ। म जस्तो ठूलो कोही छैन मैले मात्रै देश चलाउन सक्छु भन्ने सोचाइ हटाउँदा हुन्छ।

पार्टीभित्र एकसेएक नेता छन् जसले देश चलाउन सक्छन्। बुढेसकाल लाग्यो अब पछि मेरो पालो आउँदैन भनेर मौका छोप्ने नगरौं। पुरानो पुस्ताले नयाँ पुस्तालाई आउन दिनुपर्छ। दोस्रो पुस्ताको पालो नआउनु? पार्टी प्रमुखदेखि सबै तहकाले भावी पुस्तालाई स्थान दिऊँ।

नेपाल कम्युनिस्ट पार्टी तदर्थवादले चलेको छ। नीति नेतृत्व तदर्थतावादबाट नै निर्माण भएको छ। पुरानो महाधिवेशनलाई छोडियो तर नयाँ महाधिवेशन गर्न सकिएन। अब महाधिवेशनको विकल्प छैन। तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमति गरेर पार्टी एकीकरण भएको हो।

दुई जनाले एकता गरेको पार्टी अब कसरी जोगाउने भन्ने पनि उहाँहरुलाई नै बढी चिन्ता हुनुपर्ने हो। जसरी भएपनि उहाँहरुले नै पार्टी विवाद मिलाउनुपर्छ। त्यो विवाद समाधान हुने भनेको महाधिवेशनमा हो। अब ढिला नगरी महाधिवेशनमा जानुपर्छ। महाविधेशनमा सबै विषयमा खुला रुपमा वहश गर्न पाइन्छ। त्यसकारण पनि महाविधेशनको विकल्प छैन।

पछिल्लो समय राष्ट्रपतिलाई समेत विवादमा तान्ने गरी प्रचार भइरहेको छ। हामीले पाएको जानकारी अनुसार राष्ट्रपतिलाई साक्षी राखेर पार्टीको कुनै पनि निर्णय भएको छैन। राष्ट्रपति पार्टीभन्दा माथिको संस्था हो। त्यसकारण यो संस्थालाई विवादमा ल्याउने काम गर्नु हुन्न। नेकपाको नीति र नियमका विषयमा राष्ट्रपति बोल्नु भएको छैन।

दुई जनाले एकता गरेको पार्टी अब कसरी जोगाउने भन्ने पनि उहाँहरुलाई नै बढी चिन्ता हुनुपर्ने हो। जसरी भएपनि उहाँहरुले नै पार्टी विवाद मिलाउनुपर्छ। त्यो विवाद समाधान हुने भनेको महाधिवेशनमा हो। अब ढिला नगरी महाधिवेशनमा जानुपर्छ। महाविधेशनमा सबै विषयमा खुला रुपमा वहश गर्न पाइन्छ। त्यसकारण पनि महाविधेशनको विकल्प छैन।

वर्तमान सरकारले दीर्घकालीन महत्वका काम गरेको छ। सदियौंदेखि भारतले कब्जा गरेको हाम्रो जमीनमा माथिले हक जमायौं, यो सानो कुरा होइन। मुलुकभर सडक पूर्वाधारमा परिवर्तन आएको छ। सबै काम पूरा भए भन्ने होइनन्, अझै धेरै काम गर्न बाँकी नै छन्।

तर केही सकारात्मक र दीर्घकालीन महत्वका काम पनि भएका छन्। अहिले प्रधानमन्त्री ओली स्थायित्वको पक्षमा उभिनु भएको छ। जुन आवश्यक पनि हो। अध्यक्षका लागि विवाद हो भने नयाँ अध्यक्ष चयनका लागि पनि अब महाधिवेशनमा जानुपर्छ।

प्रधानमन्त्री ओलीले म कुनै पनि कक्षा दोहोर्याएर पढदिन भन्नु भएको छ। अब फेरि मलाइ प्रधानमन्त्री र अध्यक्ष पद चाहिँदैन भन्नु भएको छ। त्यसकारण बाँकी कार्यकाल प्रधानमन्त्रीका रुपमा ओलीलाई नै निरन्तरता दिने र नयाँ अध्यक्षको चयन महाधिवेशनबाट गर्ने विधि नै उत्तम हुन्छ। मलाइ लाग्छ अहिलेको विवाद पूर्व एमाले र पूर्व माओवादीको होइन।

कम्युनिष्ट पार्टीमा यस्ता विवाद हुँदैनन् पनि। अहिलेको विवाद केही नेताको मपाइँत्वले उत्पन्न भएको हो। उपल्लो पदका नेताले सृजना गरेको विवाद हो। अब यो विवाद समाधान गर्ने जिम्मा पनि उहाँहरुकै हो। अब उहाँहरु पारदर्शी हुनुपर्छ। जस्तो कि म आज सांसद छु, भोलि मेरो जीवन नर्मल हो, भन्ने सोचाइ मैले राख्छु। त्यस्तै सोचाइ सबैले राख्नुपर्छ। पदमा हुँदा कसरी फाइफा लिने हो भन्ने मात्रै सोच्ने, आफ्नो कार्यकालमा आफ्नो मान्छे कसरी ठाउँमा पुर्याउने भन्ने सोच राख्ने हो भने अगाडि बढ्न सकिँदैन।

अहिले पार्टीभित्र विभिन्न गुट बनेका छन् र हामीलाई कुन पक्षमा उभिने भनेर सोध्ने गरिन्छ। हामी कसको पक्षमा उभिने भन्ने कुरा त महाधिवेशनले निर्धारण गर्छ।
त्यतिबेला कसले कस्तो नीति लिएर आउँछन् त्यसका आधारमा समर्थन वा पक्षमा लाग्ने भन्ने हुन्छ।

अहिले हामी पार्टीभित्रको विवाद समाधानका लागि पार्टीका ९५ प्रतिशत सांसद पार्टी एकताको पक्षमा लागेका छौं। अहिले जनताले र कार्यकर्ताले विभाजन चाहेका छैनन्। त्यसकारण पार्टीभित्रको विवाद आपसी सहमतिमा नै समाधान गर्नुको विकल्प छैन।

जनतामा निरासा बढेको छ। जनता न्यायको लागि पुग्ने निकाय नै निष्पक्ष नभएको गुनासा आउन थालेका छन्। भ्रष्टाचार बढेको छ। सर्वोच्च अदालतले हत्या अभियोग प्रमाणित भएका व्यक्तिलाई छोड्यो। यो निकै लज्जाश्पद विषय हो। सबै तिर यस्तो निरासा बढिरहेका बेला जनताले सबैभन्दा विश्वास गरेर मत दिएको पार्टीभित्र पनि यसरी एकपछि अर्कोगर्दै विवाद बढ्दै जानु शोभनीय विषय होइन।

त्यसकारण सबैभन्दा पहिला पार्टीभित्रको विवाद समाधान गर्नुपर्छ भनेर म लगायत ६३ जना सांसदहरुले पार्टी एकताको पक्षमा दबाव अभियान सुरु गरेका हौं। यो संख्या अझै बढ्न पनि सक्छ। त्यसमा सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र मन्त्रीहरु हुनुहुन्न, त्यसकारण यो संख्या अझै बढ्न सक्छ। किनभने पार्टी विभाजन हुनु हुँदैन भन्नेको संख्या नेकपाभित्र ठूलो छ।

नेता  भट्टराईसँग डिसी नेपालका लागि विजयप्रसाद मिश्रले गरेकाे भिडियाे संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *