अमेरिकी डलर उकालाे यात्रामा, हेर्नुहाेस् अन्य देशकाे (सूचिसहित)
काठमाडौं। अगस्त १२ तारिखसम्म सामान्य गिरावट आएको अमेरिकी डलर पुनः उकालो लाग्न थालेको छ। बुधबार ११९ रुपैया ३४ पैसामा कारोबार भएको डरल शुक्रबासम्म पुग्दा ११९ रुपैयाँ ४५ पैसामा कारोबार भएको हो। नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अमेरिकी डलरउकालो लाग्न थालेपनि यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङको मूल्यमा भने निरन्तर उकालो यात्रामा छ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा विक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ। यूरोपीयन यूरोको खरिददर १४१ रुपैयाँ ४१ पैसा, विक्रीदर १४२ रुपैयाँ १२ पैसा रहेको छ।
पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ २७ पैसा, विक्रीदर १५७ रुपैयाँ ०६ पैसा, अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६० पैसा, विक्रीदर ८६ रुपैयाँ ०३ पैसा रहेको छ।
साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८५ पैसा, विक्रिदर ३२ रुपैयाँ ०१ पैसा, यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा र विक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ।
यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५२ पैसा, विक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ५१ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
Facebook Comment