रुसी भ्याक्सिनले कति समयसम्म कोरोनाबाट बचाउँछ ? विकासकर्ता वैज्ञानिकले दिए जवाफ
काठमाडौं। रुसले प्रयोगका लागि स्वीकृति दिएको कोरोना भ्याक्सिनका विषयमा पछिलो समय निकै जिज्ञासा बढिरहेका छन् । यो भ्याक्सिन कत्तिको प्रभावकारी छ र यसले कति समयसम्म भाइरसबाट सुरक्षा प्रदान गन भन्ने विषयमा विश्वभर चासो छ । यही बीचमा यो भ्याक्सिन विकासकर्ता संस्थानले यो भ्याक्सिनले कम्तीका दुई वर्षसम्म भाइरसबाट सुरक्षा प्रदान गर्ने बताएको छ ।
रुसी समाचार एजेन्सी तासका अनुसार रुसको सरकारी स्वामित्वको गेमालेया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजिका निर्देशक अलेक्जेण्डर गिन्ट्सबर्गका अनुसार यो भ्याक्सिनको भाइरसविरुद्ध सुरक्षात्मक गुण कम्तीमा २ वर्षसम्म कायम रहनेछन् । रसिया १ टिभी च्यानलको ६० मिनेटको एक साक्षत्कारमा उनले भने ‘यो भ्याक्सिनको प्रभावकारिता आधा वर्ष, १ वर्षमा समाप्त हुने छैन । यो गुण कम्तीमा २ वर्षसम्म रहिरहनेछ ।’ यसअघि रुसको वास्थ्य मन्त्रालयले पनि यो भ्याक्सिनबाट २ वर्षसम्मको लागि इम्युनिटी पप्त हुने देखिएको बताएको थियो ।
Facebook Comment