लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का घरबाटै पक्राउ

डिसी नेपाल
३० साउन २०७७ १५:३४

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई प्रहरीले पक्राउ गरेको छ । व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले उनलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ ।

स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको उजुरीको आधारमा अनुसन्धान गर्न पक्राउ गरिएको रामेछापका डिएसपी वसन्त पाठकले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *