राहत लिएर गृहमन्त्री थापा पहिरो प्रभावित क्षेत्रमा

डिसी नेपाल
३० साउन २०७७ १८:५७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित गएका छन् ।

नेपाली सेनाको हेलिकप्टरमा उनिसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलको टोली पहिरो प्रभावित क्षेत्रमा गएको हो ।

त्यहाँका ३६ घर पहिरामा परेको बताइएको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यसअघि बिहान सभामुख अग्नि सापकोटा पहिराग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका थिए । त्यही बेला केही घाइतेको उद्धारसमेत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *