पूर्वमहासमिति सदस्य बुढाकोे निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
३० साउन २०७७ २०:५०

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिम बाफिकोट गाउँपालिका–१० निवासी पार्टीका पूर्वमहासमिति सदस्य प्रजित बुढाको निधनप्रति दुःख व्यक्त गरेको छ । नेता बुढाकोे ५५ वर्षका उमेरमा यही साउन २८ गते स्थानीय त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कांग्रेसले आज शोक विज्ञप्तिमार्फत उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । नेत्रा बुढाले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *