नेपालमा थप ४६८ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जना कोेरोनाका बिरामी थपिएका छन् । याेसँगै कोरोना संक्रमितको संख्या बढेर २६ हजार १९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा ४६८ जना नयाँ संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्युहुनेको संख्या १०२ पुगेको छ ।
१७ हजार २०१ जना कोराेना संक्रमित बिरामीले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment