उपत्यकाका ९८ सहित थप ४६८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १०० नाघ्यो

डिसी नेपाल
३१ साउन २०७७ १६:४०

काठमाडौं। उपत्यकामा ९८ जनासहित ४६८ जना थप कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ४ सय ६८ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ८० जना, भक्तपुरमा ९ जना र ललितपुरमा ८ जना गरी काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या २६ हजार १९ पुगेको छ।

हालसम्म १७ हजार २ सय १ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १२४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ। गत २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *