मुख्यमन्त्रीद्वारा प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको आज अनु्गमन गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३१ मोहोरियास्थित अस्पताल पुगेका मुख्यमन्त्री गुरुङलाई गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माल अस्पतालबाट भइरहेका सेवा प्रवाहवारे जानकारी गराएका थिए।
निरीक्षणका क्रममा मुख्यमन्त्रीले अन्य प्रदेशका तुलनामा गण्डकीमा कोरोना संक्रमण कम भए पनि पछिल्ला दिन पोखरामा तीव्ररुपमा बढेको बताउँदै व्यक्तिगत स्वास्थ्यका साथै समुदायको स्वास्थ्य रक्षाका लागि प्रत्येकले आआफ्नातर्फबाट सावधानी र सजगता अपनाउनुपर्नेमा जोड दिए।
सक्रमण बढिरहेको विद्यमान अवस्थामा सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले थप निर्णय गर्ने उनले जानकारी दिए । हाल १२ संक्रमितले उपचार गराइरहेको उक्त अस्पतालबाट पोखरा– १९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङसहित नौ संक्रमित उपचारपछि आज घर फर्केको अस्पताल प्रशासनले जनाएको छ ।
Facebook Comment