सचिवालय बैठकबाट विवाद समाधानका लागि गठिन कार्यदल अनुमोदन

डिसी नेपाल
१ भदौ २०७७ १२:०१

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले शुक्रबार गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठिन कार्यादलको विषयमा जानकारी गराएका थिए।

अध्यक्षद्वयले कार्यदलका विषयमा जानकारी गराएपछि सविचलाय बैठकले कार्यदललाई बधाई दिनुका साथै अनुमोदनसमेत गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

गत शुक्रबार पार्टीभित्रको विवाद समाधान गर्न भन्दै अध्यक्षद्वयले महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल सम्मिलित ६ सदस्यीय कार्यादल गठन गरेको थियो। सचिवालय बैठकमा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाउने र अध्यक्षद्वयले प्रतिवेदन सचिवालय बैठकमा पेश गर्ने सहमति गरेको छ।

कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखित रुपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ । त्यसआधारमा दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्नेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *