कांग्रेस सभापति देउवाद्वारा जरुरी महत्वका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण (विज्ञप्तिसहित)

डिसी नेपाल
१ भदौ २०७७ १३:५२

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जरुरी महत्वका ३ वटा विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै सभापति देउवाले कोरोना महामारी, जुगलको पहिरो र त्रिभुवन विश्वविद्यालयको विवादका बारेमा ध्यानाकर्षण गराएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन, ‘सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीकोे निमन्त्रणामा बालुवाटारमा उहाँसंग भेट गर्नु भएको छ। कतिपय संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रील सभापतिसँग परामर्श गर्नु भएको थियो भने सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका निम्न ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।’

पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सभापति देउवालाई उद्धृत गर्दै भनिएको छ, ‘सिन्धुपाल्चोकको जुगलका गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको छ। यस्तै, देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भुमिका सन्तोषजनक देखिएन । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु।’

यस्तै, कोरोना संक्रमण बढेका कारण मृत्यु हुनेको संख्या पनि बढेको स्मरण गराउँदै नयाँ रणनीतिबनाएर अगाडी बढन पनि प्रधानमन्त्रीलाई सभापतिले सुझाव दिएका छन् भने त्रिभुवन विश्वविद्यालयमा देखिएको विवाद कुलपति हुनुको नाताले प्रधानमनत्रीको ध्यान पुग्न जरुरी रहेको कुरामा प्रधानमन्त्री ध्यानआकर्ष गरिएको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *