मन्त्रिपरिषद बैठकमै प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल पुनर्गठनको संकेत
काठमाडौं। मन्त्रिमण्डल पुनर्गठनको चर्चाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषदको बैठकमै मन्त्रिमण्डल पुनर्गठन गर्ने संकेत गरेका छन्। एकमन्त्रीका अनुसरा प्रधानमन्त्री ओलीले ‘देश र जनताको हितका लागि कठोर निर्णय लिन सक्ने’ बताएका थिए। प्रधानमन्त्री ओलीले भनेको ‘कठोर निर्णय’ मन्त्रिमण्डल पुनगर्ठनका रुपमा बुझिएको एकमन्त्रीले बताए।
यस्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा पार्टी भित्रको विवादसमेत समाधान भएको बताएका थिए। गएको असाढ १० गते शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि नेकपामा विवाद चुलिएको थियो।
प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। तर, ओलीले कुनै पनि हालतमा राजीनामा नदिने अडान राखेका थिए। पछिल्लो पटक सोमबार बसेको नेकपा सचिवालय बैठकले विवाद समाधानका लागि दुई अध्यक्षको वार्ताबाट गठन भएको कार्यदललाई अनुमोदन गरेको छ। पार्टी महासचिब विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरिएको छ।
Facebook Comment