बाढीमा फसेका व्यक्तिको १६ घण्टापछि उद्दार
काठमाडौं । १६ घण्टासम्म बाढीमा फसेका व्यक्तिलाई सोमबार भारतीय बायु सेनाले उद्दार गरेको छ। सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा ती व्यक्तिले आफूलाई बचाउन एक रुखको सहारा लिएको देख्न सकिन्छ। उनलाई सोमबार भारतीय सेनाले हेलिकप्टरमार्फत उद्दार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उक्त ठाउँ छत्तिसगढ राज्यको बिलासपुर जिल्लाका एक वरिष्ठ पुलिस अधिकारीले शेयर गरेको भिडियोमा उक्त ठाउँ कुटघाट ड्याम एरियाको भएको बताइएको छ। उक्त ठाउँ लोकप्रिय पिकनिक स्थल हो।
Teams of local police , sdrf , Secl tried hard to rescue but couldn’t pic.twitter.com/U9AUD20ZMa
— Dipanshu Kabra (@ipskabra) August 17, 2020
विगत केही सातादेखि भारत र बंगलादेशमा भारी वर्षा भइरहेको छ र कैयौं नदीले खतराको स्तर पार गरेका छन्। ती नदिमा आएको बाढीले अहिलेसम्म एक हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ। भारतको जयपुर लगायत कैयौँ राज्यमा आएको बाढीले कार र साना घर बगाएको छ ।
यस्तै बंगलादेशमा पनि हालसम्म १६० भन्दा बढी मानिसको मृत्यु भएको र करिब १५ लाख मानिस विस्थापित भएको बताइएको छ।
Facebook Comment