शक्तिशाली विस्फोटपछि लेबनानमा बढे संक्रमित, विश्वभर ७ लाख ७५ हजार बढीको मृत्यु
काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १९ लाख ४१ हजार ७९४ जना संक्रमित भएका छन्। तीमध्ये १ करोड ४६ लाख ५८ हजार ३७३ जना उपचारपछि निको भएका छन् भने ७ लाख ७५ हजार २२६ जनाको मृत्यु भएको छ।
सबैभन्दा धेरै अमेरिकामा ५५ लाख ८२ हजार ३६४ जना संक्रमित भएका छन् भने १ लाख ७३ हजार ३३९ जनाको मृत्यु भएको छ। अमेरिकामा २९ लाख २८ हजार १७९ जना उपचारपछि निको भएका छन्।
यसैगरी धेरै संक्रमित हुनेको दोस्रो नम्बरमा रहेका ब्राजीलमा ३३ लाख ४३ हजार ९२५ जना संक्रमित भएका छन् भने १ लाख ८ हजार ५४ जनाको मृत्यु भएको छ। ब्राजीलमा २४ लाख ३२ हजार ४५६ जना उपचारपछि निको भएका छन्।
तेस्रो नम्बरमा रहेको भारतमा २७ लाख १ हजार ५७२ जना संक्रमित भएका छन्। भारतमा ५१ हजार ९२३ जनाको मृत्यु भएको छ भने १९ लाख ७६ हजार २०५ जना उपचारपछि निको भएका छन्।
यसैगरी रुसमा ९ लाख २७ हजार ७४५ जना संक्रमित भएका छन्। रुसमा मृत्यु हुनेको संख्या १५ हजार ७४० पुगेको छ भने ७ लाख ३६ हजार १०१ जना उपचारपछि निको भएका छन्।
उता लेबनानका कार्यवहाक स्वास्थ्यमन्त्रीले विस्फोटपछि संक्रमितको संख्या बढेको भन्दै दुई हप्ताका लागि लकडाउनको घोषणा गरेका छन्। बेरुत पोर्ट नजिकै चार अगस्टमा विस्फोट भएको थियो, जसमा परी करिव २०० जनाको मृत्यु भएको थियो।
लेबनानमा सोमबार ४५६ जना नयाँ संक्रमित थपिएका थिए। लेबनानमा कुल संक्रमितको संख्या ९ हजार ३ सय ३७ पुगेको छ। त्यहाँ १०५ जनाको मृत्यु भइसकेको छ।
Facebook Comment