राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो सजाय हुन्छ ? के छ कानुनी व्यवस्था ?

डिसी नेपाल
२ भदौ २०७७ ११:४६

काठमाडौं। सामाजिक सञ्जालमा पछिल्लो समय एउटा गीतको भिडियोको स्क्रिनसट भाइरल भइरहेको छ । यो दृश्यमा नेपालको झण्डा जलाइएको देखिन्छ। यूट्युवमा ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट भदौ १ गते सार्वजनिक भएको एउटा गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाएको छ। गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरीएको छ। यस्तै ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग भएको छ।

यो भिडियो सार्वजनिक भएसँगै यस्तो कार्य गर्नेलाई कारवाही गरिनुपर्ने माग सामाजिक संजालमा चर्को रुपमा उठेको छ । देशको राष्ट्रिय झण्डाको अपमान गर्नेलाई कारवाहीको माग चर्किरहँदा यस्तो कसूर गर्नेलाई के–कस्तो सजाय हुन सक्छ भन्ने विषयमा पनि धेरैको चासो बढेको छ । मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा यससम्बन्धी व्यवस्था छ ।

मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ। संहिताको १५१ मा भनिएको छ, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने ः (१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन। (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

दफामा भनिए जस्तै नेपालको झण्डा जलाउने काम गीतमा भएको छ। गीतमा शब्दहरुले राष्ट्रिय झण्डाको अवमान गर्ने नियतले नै जलाइएको तर्कलाई बल पुग्छ । सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा झण्डा प्रयोग गरिएको देखिन्छ । भारतबाट राजा अकबरले लखेटेर नेपाल आएका शरणार्थी बाहुन क्षेत्री भन्ने शब्द प्रयोग भएको उक्त गीतमा नेपालका शीर्षस्थ व्यक्तित्वहरुको तस्वीर पनि जलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पृथ्वीनारायण शाह, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतका व्यक्तित्वहरुको तस्वीर जलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *