के भारतमा १० गुणा संक्रामक कोरोना भाइरस छ ?

डिसी नेपाल
२ भदौ २०७७ २२:२२

नयाँ दिल्ली (एजेन्सी)। मलेशियामा एक नउाँ किसिमको कोरोना भाइरस अथवा भाइ।सको स्ट्रेन भेटिएको छ। जसको नाम डी६१४जी हो। मलेशिया सरकारले चेतावनी दिएको छ कि यसप्रकारको कोरोना भाइरस तिब्र रुपमा फैलिन्छ।

डी६१४जी आसमा कोरोना भाइरसको म्यूटेशन अथवा जीनमा भएको परिवर्तनबाट बनेको हो। मलेशियाको स्वास्थ्य विभागका महानिर्देशक डा. नूर हिशामले डी६१४जी भाइरस संसारमा देखिएको कोरोना भाइरसभन्दा १० गुण तिब्र फैलिन्छ। यसैले मानिसहरुलाई सावाधान हुन उनले चेतावनी दिएका छन्।

हालै भारतको तमिलनाडुको सिवागंईदेखि मलेशिया गएका एक व्यक्तिमा कोरोनाको परिवर्तित भाइरसल फेला परेको छ। जाँचपछि सो व्यक्तिमा डी६१४जी किसिमको म्यूटेशन कोरोना संक्रमण भएको पुष्टि भयो।

आइतबार मलेशियाको स्वास्थ्य मन्त्रालयले डी६१४जी म्यूटेशन, एक क्लस्टरमा भेटिएका ४५ मध्ये कम्तिमा ३ जनामा भेटिएको जनाएको थियो। जसको शुरुआत भारतबाट गएका रेष्टूराँ मालिकबाट भयो। उनलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्ने नियम पालना नगरेको आरोपमा कारबाहीसमेत गरिएको छ। मलेशियाको स्वास्थ्य मन्त्रालयले उलुतिराम क्षेत्रमा बस्ने एक अन्य व्यक्तिमा पनि यस प्रकारको कोरोना भाइरस देखिएको जनाएको छ।

यसले के भारतमा यसप्रकारको भाइरस छ भन्ने प्रश्न उठेको छ। दिल्लीको सर ग्रगाराम अस्पतालका मेडिसिन विभागका उपप्रमुख डा. अतुल कक्कडले भने, ‘यदि विरामी यहाँ(भारत)बाट गएका हुन भने हुनसक्छ उनीहरु भारतबाटै संक्रमित भएका गएका हुन्। तर यसप्रकारको भाइरस संसारका अन्य देशमा पनि भेटिएको छ।’
उनले डी६१४जी भाइरस भारतमा हुनसक्ने बताए। तर, हालसम्म यसको पुष्टि भने नभएको उनले बताए। भारतमा यो विषयमा त्यति अनुसन्धान नभएकाले त्यति जानकारी पनि नभएको उनले बताए। उनले यो विषयमा पत्ता लगाउन भारतमा केही समय लाग्न सक्ने बताए।

भाइरसको यो नयाँ रुप संक्रमण अन्य मानिसहरुमा १० गुण छिटो सजिलै फैलिन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *